Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी साइबर क्राइमको मुद्दामा पक्राउ परेका छन्।
रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा जेठ १ गते पक्राउ पुर्जी जारी गरेपछि उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।
उनलाई बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताईएको छ।
अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन भएका थिए।
पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार