Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पताल बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नुपर्छ।
ग्राहकहरूले एइक् मार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनु हुनेछ भने ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, लगायतका शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनु हुनेछ।
एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नुहुनेछ।
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार