एन्ड्रोइडमा डेस्कटप मोड आउने सोर्स कोडको खुलासा

  • Technology Khabar | ६ जेष्ठ २०८२, मंगलवार
एन्ड्रोइडमा डेस्कटप मोड आउने सोर्स कोडको खुलासा

काठमाडौं ।

गुगलले सामसङको डेक्स र मोटोरोलाको स्मार्ट कनेक्ट बिग–स्क्रिन इन्टरफेस जस्तै डेस्कटप मोड फिचर तयार गरिरहेको लीक भएको सोर्स कोडमा आधारित हालैको रिपोर्टले सुझाव दिएको छ।

वास्तवमा, डेस्कटप मोडको पहिलो निशानहरु सन् २०२३ मा फेला परेको थियो भने अब गुगल यो सुविधा जारी गर्ने नजिक पुगेको जस्तो देखिएको छ।

यूआईको लागि थप पोलिशिङ आवश्यक पर्ने भएकोले यो एन्ड्रोइड १६ सँग आउने सम्भावना नभएको उल्लेख गरिएको छ। यसलाई अर्को पुस्ताको पिक्सेलमा एन्ड्रोइड १७ सँग लन्च भएको देख्न सकिने सम्भावनाको उल्लेख गरिएको छ।

यो सुविधालाई “एन्ड्रोइड डेस्कटप मोड” को रूपमा लेबल गरिएको छ र यसले रिसाइजेबल विन्डोज सहितको मल्टिटास्किङ क्षमताहरू, ट्रेडिस्नल (परम्परागत) डेस्कटप–लाइक नेभिगेसन एलिमेन्टस, विन्डोज वा क्रोम ओएस जस्ता डेस्कटप ओएस जस्तै एप व्यवस्थापन प्रणाली, मोबाइल र डेस्कटप इन्टरफेस बीचको सिमलेस ट्रन्जिसन, आदि जस्ता धेरै उत्कृष्ट सुविधाहरू प्रदान गर्दछ।

यो सुविधाले यूएसबी–सी पोर्ट प्रयोग गरेर एक्सटर्नल डिस्प्लेमा फोन कनेक्ट (जडान) गर्दा पनि काम गर्ने बताइएको छ भने वायरलेस जडान पनि सम्भव हुने अनुमान गरिएको छ। उदाहरणका लागि, सामसङ र मोटोरोलाले आफ्नो डेस्कटप मोडहरूसँग वायरलेस कनेक्सन विकल्पहरू प्रदान गरिरहेका छन्।

यो फिचर अन्य एन्ड्रोइड फोनहरूमा पुग्नु अघि सुरुमा पिक्सेल फोनहरूमा मात्र विशेष हुनेछ भन्ने अनुमान गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...