वीराइडले यूएईमा शुरु गर्यो पूर्णरूपमा मानवरहित रोबोट्याक्सी पाइलट सेवा

  • Technology Khabar | ५ जेष्ठ २०८२, सोमबार
वीराइडले यूएईमा शुरु गर्यो पूर्णरूपमा मानवरहित रोबोट्याक्सी पाइलट सेवा

काठमाडौं ।

चिनियाँ स्वायत्त ड्राइभिङ प्रविधि कम्पनी वीराइड(WeRide)ले गत वर्षको अन्त्यतिर सुरक्षा अधिकारीहरूसाथै राखेर काम सुरु गरेपछि, अब संयुक्त अरब इमिरेट्स (यूएई) मा पूर्णरूपमा मानवरहित रोबोट्याक्सी पाइलट सञ्चालन सुरु गरेको छ।

यसले अबु धाबीमा पूर्ण रूपमा मानवरहित रोबोट्याक्सी पाइलट सञ्चालन सुरु गरेको घोषणा गरेको छ, जसले मध्य पूर्वमा पहिलो विशुद्ध रूपमा मानवरहित रोबोट्याक्सी फ्लीट सिर्जना गरेको सीएनइभीपोस्टले रिपोर्ट गरेको छ।

साथै, अल मरियाह टापु र अल रीम टापु जस्ता उच्च-माग क्षेत्रहरू थपिएसँगै अबु धाबीमा वीराइडको सेवा थप विस्तार भएको छ।

यसले वीराइडको प्राविधिक परिपक्वतालाई प्रमाणित गर्छ र कम्पनीलाई रोबोट्याक्सिहरुको ठूलो मात्रामा व्यावसायिक प्रयोगतर्फ प्रेरित गर्ने वीराइडका सीएफओ तथा अन्तर्राष्ट्रिय व्यापार प्रमुख जुआन लीले बताए।

सन् २०१७ मा स्थापित, वीराइड चीनमा उच्च-स्तरीय स्मार्ट ड्राइभिङ समाधानहरूमा ध्यान केन्द्रित गर्ने पहिलो कम्पनीहरू मध्ये एक हो।

सेप्टेम्बर २०२४ मा, वीराइडले उबरको प्लेटफर्ममा आफ्नो रोबोट्याक्सीको प्रयोगलाई अगाडि बढाउन उबरसँग साझेदारीमा प्रवेश गर्यो।

डिसेम्बर २०२४ मा, कम्पनीहरूले अबु धाबीमा रोबोट्याक्सी सेवाहरू सुरु गरेका थिए भने प्रत्येक स्वायत्त सवारी साधन सुरक्षा अधिकारीसहित संचालन भएका थिए।

वीराइडले हाल विश्वभरका १० देशका ३० शहरहरूमा स्वायत्त ड्राइभिङ प्रविधि विकास र परीक्षण गरिरहेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...