एप्पलद्वारा दृष्टि, श्रवणशक्ति र अन्य समस्या भएका प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू सार्वजनिक 

  • Technology Khabar | ५ जेष्ठ २०८२, सोमबार
एप्पलद्वारा दृष्टि, श्रवणशक्ति र अन्य समस्या भएका प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू सार्वजनिक 

काठमाडौं ।

एप्पलले दृष्टि (भिजन), श्रवणशक्ति (हियरिङ्ग) र अन्य अपाङ्गता भएका प्रयोगकर्ताहरूलाई सहयोग गर्ने उद्देश्यको साथ अर्को आईओएस अपडेटको हिस्साको रुपमा धेरै नयाँ सुविधाहरूको घोषणा गरेको छ।

मे १५ तारिखमा ‘ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे’ को पूर्वसन्ध्यामा घोषणा गरिएका यी आविष्कारहरूमा ब्रेलको प्रयोगमा सुधार र थप कुराहरू समावेश गरिएका छन्।

कम्पनीले एप स्टोरमा एपहरूको लागि “एक्सेसिबिलिटी लेबल्स” पनि प्रस्तुत गरेको छ जसले विकासकर्ताहरूलाई सबैका लागि एपहरू अझ पहुँचयोग्य बनाउने सुविधाहरू देखाउन (हाइलाइट गर्न) आग्रह गरेको बताइएको छ।
त्यसैगरी यी सबै सुविधाहरू कुनै अतिरिक्त लागत बिना डिभाइसमा आउँछन् भनि एप्पलले बताएको छ।

“हामी पहुँचयोग्यतालाई प्रजातान्त्रिकीकरण गर्दैछौं” एप्पलकी विश्वव्यापी पहुँच नीतिका वरिष्ठ निर्देशक सारा हेर्लिन्गरले भनिन्। “यी टुल्सहरू सबैले आफ्नो डिभाइस खोल्ने क्षणदेखि नै उपलब्ध हुनेछन्” उनले थप उल्लेख गरिन्।

यी अपडेटहरू – विशेष गरी ब्रेलको लागि सुधारिएको समर्थनको साथ विद्यार्थी र अपाङ्गता भएका प्रयोगकर्ताहरूका लागि आवश्यक हुन सक्ने विज्ञहरूको भनाइ रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...