
काठमाडौं ।
टिकटकले मंगलबार आफ्नो पहिलो इमेज-टू-भिडियो एआई सुविधा प्रस्तुत गरेको छ। यसका साथ, प्रयोगकर्ताहरूले टिकटक स्टोरिजमा फोटोहरूलाई गतिशील भिडियोहरूमा रूपान्तरण गर्न सक्दछन्।
नयाँ टूलले कृत्रिम बुद्धिमत्ताहरू प्रयोग गर्दछ जुन स्थिर तस्विरमा गति र प्रभावहरू समावेश गर्नसछ, जसले प्लेटफर्मको रचनात्मकता विस्तार गर्दछ।
प्रयोगकर्ताहरूले आफ्नो इनबक्स वा प्रोफाइल पृष्ठमा फोटो ट्याप गरेर तथा उनीहरूको आफ्नो कथा एल्बमबाट एउटा फोटो चयन गरेर टिकटकको स्टोरी क्यामराको माध्यमबाट एआई अलाइभ (AI Alive) मा पहुँच गर्न सक्दछ।
एआई अलाइभ आइकन फोटो एडिट स्क्रीनको दायाँ तर टूलबारमा देखिन्छ, जसले प्रयोगकर्ताहरूले उनीहरूको छनोटको भिडियोको लागि प्रम्ट दिन सक्छन्। सुविधाको घोषणा गर्दै टिकटकले ब्लग पोष्टमा भनेको छ “एआई अलाइभ इन्टेलीजेन्ट एडिटिङ टूलको उपयोग गर्छ जसले कुनैपनि व्यक्ति बिना एडिटिङ अनुभवका साथ स्टील इमेजलाई शर्ट फर्म भिडियोमा बदल्न सक्नेछ जसमा चलायमान, वातावरण र रचनात्मक प्रभावहरु समावेश छन।”
एआई अलाइभसँगै सुरक्षा र पारदर्शितामा विशेष ध्यान दिईएको छ। टिकटकले नयाँ सुविधाका लागि धेरै सुरक्षा प्रोटोकलहरू लागू गरेको छ। सबै एआई अलाइभ उत्पन्न सामग्रीमा ‘एआई-जेनेरेटेड’ लेबल हुन्छ र यसमा सी२पीए (C2PA) मेटाडाटा इम्बेड गरिएको छ, जसले यो जहाँसुकै डाउनलोड गरिएको र अरुसँग साझा गरिएको भएपनि दर्शकहरूलाई कन्टेन्टको उत्पत्ति भएको स्थान थाहा हुनेछ।
टिकटकले भनेअनुसार मोडरेशन टेक्नोलोजीले अपलोड गरिएको फोटो र लेखिएको एआई जेनेरेशन प्रम्प्टका साथसाथ एआई अलाइभ भिडियोको समीक्षा गर्न सक्दछ त्यसपछि मात्र यो क्रिएटरलाई देखाइन्छ।
अन्तिम सुरक्षा जाँच त्यसबेला हुन्छ जब प्रयोगकर्ताले उसको स्टोरीमा प्रकाशित गर्दछ र दर्शकहरूले प्लेटफर्महरू दिशानिर्देश अनुसरण नगर्ने भिडियोको बारेमा रिपोर्ट गर्न सक्दछन् ।
प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार