फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु

  • Technology Khabar | ४ जेष्ठ २०८२, आईतवार
फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु

काठमाडौं ।

सहकारी संस्थाहरुबीच लोकप्रिय रहेको फिनएक्स सहकारी सफ्टवेयरले प्रयोयकर्ताको राय सुझाव संकलन तथा नयाँ सुविधाहरुबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको छ।

सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा ‘क्लाइन्ट मिट’ कार्यक्रम चितवनबाट सुरु भएको हो। चितवनको मिड टाउन होटलमा आयोजित कार्यक्रममा जिल्लाभित्र फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो।

कम्पनीकाअनुसार, ‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० ओटा मोड्युलहरू उपलब्ध छन्। कार्यक्रममा प्रयोगकर्ताबाट नयाँ मोड्युलहरूका लागि सुझावहरू संकलन गरिएको थियो।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले फिनएक्सले हाल प्रदान गर्दै आएका सेवा र थप गर्न लागिएका सुविधाहरुबारे जानकारी गराइन्।

यसैगरी प्रशिक्षकद्धय अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर (केवाईएम) मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण प्रदान गरे।

जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै लगेको बताएको छ।

सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोटिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...