गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

Technology Khabar २ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

गुगलले आफ्नो च्याट सेवामा लामो समयदेखि प्रतिक्षा गरिएको सुविधा थप्ने निर्णय गरेको छ।

गुगलले एन्ड्रोइडका लागि गुगल म्यासेजेज भित्र “डिलिट फर एभ्रिवान” (सबैका लागि मेटाउनुहोस्) विकल्प लन्च गर्ने योजना बनाएको छ। यस विकल्पले अब सेण्डरलाई आफूले पठाएको म्यासेज (सन्देशहरू) केही गरी अरुले नदेखोस् वा नहेरोस् जस्तो लागेको खण्डमा तिनीहरुलाई उक्त म्यासेज हेर्नबाट रोक्ने छ।

नयाँ “डुनट सेण्ड” (नपठाउनुहोस्) सुविधामा चाँडै दुई विकल्पहरू उपलब्ध हुने भएका छन्। जसमध्ये “डिलिट फर मी” (मेरो लागि मेटाउनुहोस्) भन्ने पहिलो विकल्प पहिले देखि नै गुगल इकोसिस्टमको भाग भइसकेको बताइएको छ।

त्यसैगरी अर्को विकल्पको रुपमा “डिलिट फर एभ्रिवान” (सबैका लागि मेटाउनुहोस्) बटन थप गरिने भएको छ। यस नयाँ विकल्पले नामले सुझाव दिए जस्तै, अन्य सम्पर्कहरूलाई सन्देश हेर्नबाट रोक्ने रिपोर्ट गरिएको छ।

यो कदमसँगै, गुगल म्यासेजेज पनि अब व्हाट्सएप र आईमेसेज जस्ता सेवाहरूसँग सामेल हुनेछ। व्हाट्सएप र आईमेसेजले केही समयदेखि प्रयोगकर्ताहरूलाई सन्देश मेटाउने र कुराकानीमा अरूले देख्नबाट रोक्ने क्षमता प्रदान गर्दै आएको छ।

त्यसैगरी प्रयोगकर्तासँग अनावश्यक सन्देश मेटाउनको लागि १५ मिनेटको “विन्डो” हुने अपेक्षा गरिएको छ।

प्रयोगकर्ताहरूले माथि उल्लिखित विकल्प लार्जर ग्रुप (ठूला समूह) च्याटहरूमा मात्र उपलब्ध भएको रिपोर्ट गरेका छन्। यसको अर्थ ग्रुप च्याटमा १२ वा सोभन्दा बढी सदस्यहरू हुनुपर्नेछ।

प्रयोगकर्ताहरूले अनावश्यक कुराकानीहरू मेटाउने अवसरको अधिकतम फाइदा लिन सकून् भनेर गुगलले भविष्यका संस्करणहरूमा यसलाई थप अनुकूलन र परिमार्जन गर्ने अपेक्षा गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया