Technology Khabar १ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
सन् २०२५ मा स्मार्टफोन ब्याट्रीहरूको बारेमा हामीले सोच्ने तरिका द्रुत गतिमा परिवर्तन भइरहेको छ। एआई–संचालित एपहरू, अलवेज–अन डिस्प्लेहरू र धेरै ऊर्जा खपत गर्ने चिपको बढ्दो मागको बीचमा, सबैभन्दा कुशल डिभाइसहरूको चार्ज पनि दिनभरि वा बेलुका नहुँदै पूर्ण रुपमा सकिन सक्छन्।
तर ब्याट्री प्रविधि पनि विकसित हुँदै गइरहेको छ। हामी सिलिकन–कार्बन ब्याट्रीहरू, स्मार्ट पावर म्यानेजमेन्ट सफ्टवेयर, र फास्टर चार्जिङ प्रणालीहरू प्रारम्भिक रुपमा अपनाएको देखिरहेका छौं।
फोन कसरी प्रयोग गर्ने भन्ने कुरामा ध्यान नदिएको खण्डमा यी सबै नवीनताले पनि ब्याट्री चाँडै सक्किने समस्याबाट छुटकारा दिलाउने छैन।
चाहे फ्ल्यागशिप होस् वा मध्यम स्तरको, आफ्नो फोनको ब्याट्रीबाट कसरी धेरै भन्दा धेरै फाइदा लिन सकिन्छ भन्ने केही कामलाग्ने जानकारी यस्ता छन्:
ब्याकग्राउण्ड एप्स, अटो-सिङ्किङ जस्ता कुराहरु चेक गर्नुहोस्
तपाईंको फोनको सबैभन्दा ठूलो (खराब) शत्रुहरू सामान्यतया तपाईंले ख्याल नगर्ने एपहरू हुन्छन्। सामाजिक सञ्जाल, फिटनेस ट्र्याकर्स र किबोर्डले पनि पृष्ठभूमिमा फोनको ब्याट्री चुपचाप खपत गर्न सक्छ।
आफ्नो ब्याट्री प्रयोग तथ्याङ्कहरूमा गएर सबैभन्दा बढी ब्याट्री कुन कुराले खाइरहेको छ भनेर पहिचान गर्न सकिन्छ। त्यसपछि अनावश्यक कुनै पनि कुराको लागि ब्याकग्राउण्ड एक्टिभिटीलाई बन्द गर्न सकिने छ।
साथै, जीमेल, क्यालेन्डर एप्स र क्लाउड स्टोरेज जस्ता अटो-सिङ्किङ सेवाहरूमा कडा नजर राख्नुहोस्। यदि तपाईंको फोन हरेक पाँच मिनेटमा नयाँ अपडेटको साथ बज्छ हुन्छ भने, यसले पृष्ठभूमिमा ऊर्जा खाने सम्भावना हुन्छ। त्यसैगरी सिङ्क फ्रिक्वेन्सी घटाउन वा कम महत्वपूर्ण एपहरूको लागि यसलाई पूर्ण रूपमा बन्द गर्न सकिने छ।
आफ्नो स्क्रिन नियन्त्रण गर्नुहोस्ः
तपाईंको फोनको डिस्प्लेले सधैँजसो लगभग सबैभन्दा ठूलो रुपमा ब्याट्री खपत गर्दछ। वास्तवमा, एएमओएलईडी प्यानल भएका डिभाइसहरूमा, स्क्रिन प्रयोग नै कुल ब्याट्री खपतको ५० प्रतिशत भन्दा बढीको लागि जिम्मेवार हुन सक्छ।
म्यानुअलको सट्टा एड्याटिभ ब्राइनेस प्रयोग गर्दा, प्रणालीले रियल–टाइम लाइटिङ कन्डिसन (वास्तविक–समय प्रकाश अवस्था) को आधारमा अनुकूलन गर्न सक्छ।
१२० हर्ज रिफ्रेस रेटहरू राम्रो देखिने भएपनि गेमिङ वा हाई–फ्रेम कन्टेन्ट स्क्रोल नगर्दा यसलाई ६० हर्जमा लक गर्नाले तपाईंको प्रयोग केही घण्टा बढाउन सक्ने बताइएको छ।
त्यसैगरी डार्क मोड अर्को एक उत्तम विकल्प हो। ओएलईडी स्क्रिनहरूमा, यसले वास्तवमा नै व्यक्तिगत पिक्सेलहरू बन्द गरेर ऊर्जा बचत गर्दछ। कालो रङ्गको वालपेपर प्रयोग गरेर र प्रणाली–व्यापी डार्क थिमहरू सक्षम गर्नाले अतिरिक्त खपतलाई कम गर्न सकिने छ।
स्मार्ट चार्जिङ बानीहरू अँगाल्नुहोस्ः
चाहे त्यो आईफोनहरूको “अप्टिमाइज्ड चार्जिङ” होस् वा सामसङ र पिक्सेल डिभाइसहरूको “ब्याट्री सुरक्षा” धेरैजसो स्मार्टफोनहरूमा कुनै न कुनै प्रकारको ब्याट्री स्वास्थ्य सुरक्षा सुविधा उपलब्ध हुने गरेका छन्।
यी प्रणालीहरूले तपाईंलाई पूर्ण ब्याट्रीको आवश्यकता नपरेसम्म ८०–८५ प्रतिशत भन्दा बढी चार्ज गर्न ढिलाइ गर्दछन्, जसले दीर्घकालीन ब्याट्री स्वास्थ्य जोगाउन मद्दत गर्दछ। यो सक्रिय भए नभएको सुनिश्चित गर्न पर्ने उल्लेख गरिएको छ।
यदि तपाईंको फोनले यसलाई समर्थन गर्दछ भने, वायरलेस चार्जिङ वा रिभर्स वायरलेस पावर सेयरिङ पनि सुविधाजनक हुनेछ। तर यसमा थोरै कमि हुने उल्लखे गरिएको छ। घरमा वा आफ्नो डेस्कमा हुँदा वायर चार्जिङ गर्दा उत्तम हुनेछ।
सकेसम्म फास्ट चार्जिङ नगर्दा नै डिभाइसलाई फाइदा हुनेछ। यो आपतकालिन अवस्थाहरूको लागि उत्कृष्ट भए पनि ढिलो चार्जिङले कम ताप उत्पन्न गर्दछ र समयसँगै कम ह्रास निम्त्याउने छ।
एआई फिचर्स भर्सेज पावर इफिसियन्सीः
भ्वाइस एसिस्टेन्ट, रियल–टाइम ट्रान्सक्रिप्शन, वा अवजेक्ट रिकगनिसन जस्ता स्थानीय रूपमा चल्ने धेरै एआई सुविधाहरूको साथ, आज फोनहरूले पर्फमेन्स (प्रदर्शन) र इनड्यूरेन्स (सहनशीलता) बीच जगल (यताउता) गर्छन्।
धेरै नयाँ एन्ड्रोइड स्किनहरूमा अब “एआई ब्याट्री” वा “एड्याटिभ ब्याट्री” मोडहरू समावेश हुने गरेका छन् जसले तपाईंले एपहरू कसरी प्रयोग गर्नुहुन्छ भनेर सिक्छन् र तपाईंले विरलै टच (छुने) गर्नेमा पावर सीमित गर्न मद्दत गर्दछन्। ती टगलहरूलाई बेवास्ता नगर्दा राम्रो हुने बताइएको छ। तिनीहरू तपाईंले औंला नउठाईकन तपाईंको ब्याट्री विस्तार गर्न पर्दा पछाडि काम गरिरहेका हुन्छन्।
भविष्यमा के हुन्छः
सिलिकन–कार्बन ब्याट्री केमेस्ट्रितर्फको परिवर्तनले १०–१५ प्रतिशत उच्च ऊर्जा घनत्व र द्रुत चार्जिङ चक्रहरूको लागि राम्रो सहनशीलताको प्रतिज्ञा गर्दछ। सन् २०२४ देखि, शाओमी, अनर र भिभो जस्ता ब्रान्डहरूले पहिले नै आफ्ना प्रमुख डिभाइसहरूमा यी ब्याट्रीहरू समावेश गरिसकेका छन्।
त्यसैगरी सन् २०२५ मा, तिनीहरू मध्य–दायरा फोनहरूमा पनि देखा पर्न थालेका छन्। यो अब टाढाको अपग्रेड नभएको र यो द्रुत रूपमा प्रमुख एन्ड्रोइड खण्डहरूमा मानक बन्दै गइरहेको छ।
त्यतिबेलासम्मका लागि, विचारशील बानीहरू नै तपाईंको उत्तम हतियार हुने उल्लेख गरिएको छ। सोचविचार गरेर सेटिङहरू गर्ने, ब्याकग्राउण्ड (पृष्ठभूमि) मा रन हुने एप व्यवस्थापन गर्ने र स्मार्ट रूपमा चार्ज गर्नाले डिभाइसको ब्याट्री जीवनको लागि उपयुक्त हुने र ब्याट्रीको जीवन बढाउन पनि मद्दत गर्नेछ।
प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार