एप्पलले आफ्नो आगामी ब्याट्री–सेभिङ्ग सुविधाको लागि एआईको प्रयोग गर्ने

Technology Khabar १ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

एप्पलले आफ्नो आगामी आईओएस १९ को लागि एआई–संचालित ब्याट्री–सेभिङ्ग फिचर (ब्याट्री–बचत सुविधा) मा काम गरिरहेको ब्लूमबर्ग नजिकका स्रोतहरूले खुलासा गरेको छ। यो सुविधा प्रयोगकर्ताको प्रयोग गर्ने बानीमा आधारित हुने र ब्याट्रीको जीवन बढाउन ब्याकग्राउण्ड (पृष्ठभूमि) मा चीजहरूलाई अपिटमाइज (अनुकूलन) गर्ने बताइएको छ।

एआईले प्रयोगकर्ताहरूको व्यवहारबाट सिक्ने र दिनको समयको आधारमा ब्याकग्राउण्ड (पृष्ठभूमि) मा एपहरूलाई अपिटमाइज (अनुकूलन) गरेर पावर खपत कम गर्नेछ। एप्पलले पहिले नै मानिसहरूको आईफोनबाट सङ्कलन गरिएको डाटा प्रयोग गरेर एआईलाई तालिम दिइरहेको बताइएको छ। त्यसैले अब प्रणालीसँग प्रयोगकर्ताहरूको प्रयोग गर्ने बानीको सामान्य ज्ञान रहेको बताइएको छ। त्यसैगरी केही समय पछि, एआईले विशिष्ट प्रयोगकर्ताको ढाँचामा अनुकूलन गर्ने थप उल्लेख गरिएको छ।

धेरै एन्ड्रोइड स्मार्टफोन ओईएमहरूले विगतमा यो सुविधा लागू गरेको भएपनि कहिल्यै एआई र ठूलो डाटा पूलको प्रयोग नगरेको बताइएको छ। त्यसैले, यो आईओएसमा कसरी काम गर्नेछ भनेर हेर्न रोचक हुने थप उल्लेख गरिएको छ।

एप्पलले आफ्नो आगामी आईफोन १७ एयरमा पर्याप्त ब्याट्री जीवन कायम राख्न यो सुविधा लागू गरिरहेको भनेर केहीले विश्वास व्यक्त गरेका छन्। एप्पलले आफ्नो आगामी आईफोन १७ एयर अत्यन्तै स्लिम (पातलो) हुने भएकोले, ब्याट्रीको आकार पनि सम्भवतः धेरै सानो हुनेछ। त्यसैले एप्पलले सफ्टवेयर स्मार्टहरू प्रस्तुत गरेर यसको भरपाइ गर्न सक्ने उल्लेख गरिएको छ।

त्यसैगरी यस वर्षको जुनमा हुने डब्ल्यूडब्ल्यूडीसीको समयमा ब्याट्री लाइफ सुविधाको पहिलो झलक देख्न सकिने सम्भावनाको जीएसएमएरिनाले उल्लेख गरको छ।

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया