युरोपमा चालकरहित रोबोट्याक्सी सञ्चालनको तयारीमा चिनियाँ बाइदु

  • Technology Khabar | ३१ बैशाख २०८२, बुधबार
युरोपमा चालकरहित रोबोट्याक्सी सञ्चालनको तयारीमा चिनियाँ बाइदु

काठमाडौं ।

चिनियाँ प्रविधि कम्पनी बाइदुले पहिलोपटक युरोपमा आफ्नो स्वचालित सवारीसेवा एपोलो गो परीक्षण गर्न तयारी गरिरहेको द वाल स्ट्रिट जर्नल डब्लूएसजीले मंगलबार जनाएको छ।

डब्लूएसजीका अनुसार बाइदुले स्विजरल्याण्डको बस सेवा प्रदायक पोस्ट अटोसँग आफ्ना रोबोट्याक्सी सेवा स्विजरल्याण्डमा सुरु गर्ने विषयमा छलफल गरिरहेको घटनासँग जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ।

बाइदुको रोबोट्याक्सी सेवा एपोलो गो हाल चीनका विभिन्न सहरहरूमा सञ्चालनमा रहेको छ, जसमा मध्य चीनको वुहान सहरमा सबैभन्दा ठूलो, ४ सयभन्दा बढी सवारीसाधनको फ्लीट रहेको रोयटर्सले उल्लेख गरेको छ।

बाइदु र पोस्ट अटोको अभिभावक कम्पनी स्विस पोस्टले तत्काल प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार