आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच ऐतिहासिक सम्झौता- व्यावसायिक सीप विकासमा नयाँ साझेदारी

  • Technology Khabar | ३१ बैशाख २०८२, बुधबार
आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच ऐतिहासिक सम्झौता- व्यावसायिक सीप विकासमा नयाँ साझेदारी

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण उद्देश्यका साथ आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच सोमबार राजधानीमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सहकार्यले विद्यार्थीहरूलाई उद्योगको मागअनुसार व्यावसायिक सीपले सुसज्जित गराउने लक्ष्य राखेको छ।

विशेष समारोहमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउदले उक्त हस्ताक्षर कार्यक्रममा साक्षीका रूपमा उपस्थिति जनाएका थिए।

उद्योग–शिक्षा सहकार्यद्वारा सीप अभिवृद्धि

यो रणनीतिक साझेदारीअन्तर्गत विद्यार्थीहरूलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, दक्षता विकास कार्यशाला र विशेषज्ञ सत्रहरूमार्फत व्यावसायिक सीपमा सशक्त बनाउने योजना छ। यसका साथै, ह्याकाथन, इनोभेसन च्यालेन्ज र रोजगारी सञ्जाल निर्माणजस्ता अवसरहरू पनि प्रदान गरिने बताइएको छ।

क्यान महासंघद्वारा स्वागत

नेपाल कम्प्युटर महासंघका उपाध्यक्ष तथा वन कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीले यो सहकार्यको स्वागत गर्दै भने, “आदिम कलेज र टोक्मा टेक्नोलोजीबीचको यो सहकार्य नेपालमा सीपमूलक शैक्षिक–उद्योग साझेदारीको उत्कृष्ट उदाहरण बन्नेछ। यसले युवाहरूलाई सूचना प्रविधिमा दक्ष बनाएर देशलाई क्षेत्रीय आईटी हब बनाउन टेवा पुर्‍याउनेछ।”

शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा जोड

समझदारीपत्रमा हस्ताक्षरपश्चात् आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्माले प्रविधि शिक्षामा व्यवहारिक ज्ञानको महत्वमा जोड दिँदै भने, “प्रविधि शिक्षामा व्यवहारिक ज्ञान विना उत्कृष्ट जनशक्ति तयार गर्न सकिँदैन। यो सहकार्यले हाम्रा विद्यार्थीलाई डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ।”

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३१ बैशाख २०८२, बुधबार