सोनी एक्सपेरिया १ ले गर्यो भीआईआईको साथमा पुनरागमन, यस्ता छन् विशेषता

Technology Khabar ३१ बैशाख २०८२, बुधबार

काठमाडौं ।

सोनी एक्सपेरिया १ले भीआईआईको साथमा स्मार्टफोनको क्षेत्रमा पुनरागमन गरेको छ। सोनीको डब्ल्यूएच–१०००एक्सएम६ हेडफोनहरू लन्च हुनुभन्दा ठीक अघि मे १३ तारिखमा एक्सपेरिया १ भीआईआई १,४९९ यूरो मूल्यको साथ लन्च गरिएको छ।

एक्सपेरिया १ भीआईआई मा स्न्यापड्रागन ८ एलिट चिप, उज्यालो डिस्प्ले, अपग्रेड गरिएका क्यामराहरू र वाकम्यान–सिरिज अडियो कम्पोनेन्टहरू समावेश गरिएका छन्।

एक्सपेरिया १ भीआईआई कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध हुनेछन् भने यसले एक्सपेरिया १ भीआई लाई धेरै अपग्रेडहरूका साथ प्रतिस्थापन गर्ने बताइएको छ।

यसले स्न्यापड्रागन ८ जेन ३ को सट्टामा ट्टस्न्यापड्रागन ८ एलिट समावेश गरेको छ जसले सीपीयू, जीपीयू र एनपीयू पर्फमेन्समा ४० प्रतिशत बुस्ट (वृद्धि) प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी डिभाइसमा ५,०००एमएएच ब्याट्री फिर्ता आएको छ भने ३ एनएम प्रोसेस चिपको कारण इफिसियन्सी गेन्स (दक्षता वृद्धि) दुई दिनसम्म टिक्न सक्ने दावी गरिएको छ।

एक्सपेरिया १ भीआईआई ६.५ इन्चको एफएचडी+ एलटीपीओ ओएलईडी डिस्प्ले समावेश गरिएको छ। उक्त डिस्प्लेमा १९.५ः९ रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेटको साथ रियर लाइट सेन्सरले कलर टेम्प्रेचर (रङको तापक्रम) समायोजन गर्ने बताइएको छ जुन २० प्रतिशत उज्यालो र स्मार्ट हुने उल्लेख गरिएको छ। यो ब्राभिया ओएलईडी प्यानल भएको बताइएको छ र यो लगभग पूर्ववर्तीको जस्तै भएको उल्लेख गरिएको छ।

क्यामरा र अडियो अपग्रेडहरूः
क्यामरा अपग्रेडहरू यस फोनको मुख्य आकर्षण भएको बताइएको छ। ४८ मेगापिक्सेलको अल्ट्रा–वाइड (१/१.५६–इन्च, भीआई को १/२.५–इन्च भन्दा २.१x ठूलो) म्याक्रो लेन्सको दोब्बर, जसले १६एमएम सार्प सटहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

४८ मेगापिक्सेलको एक्समोर टी मुख्य सेन्सरले बहुमुखी फोटोग्राफीको लागि नेटिभ २४एमएम वा ४८एमएम फोकल लेन्थलाई समर्थन गर्नेछ। साथै पूर्ववर्तीको भीआई को जस्तै अपरिवर्तित, ८५–१७०एमएम टेलिफोटोले ३.५–७.१x जुम कायम राखेको उल्लख छ।

त्यसैगरी एक्सपेरिया १ भीआईआई को अडियोतर्फ वाकम्यान–सिरिज कम्पोनेन्टहरू रहेको बताइएको छ जसले ३.५एमएम ज्याक मार्फत वायर्ड हेडफोन साउण्ड इन्हान्स गर्ने उल्लेख गरिएको छ।

एक्सपेरिया १ भीआईआईको सफ्टवेयरतर्फ १२जीबी र्याम र २५६/५१२जीबी स्टोरेजको साथ एन्ड्रोइड १५ समावेश गरिएको छ। यसले ४ ओएस अपडेटहरू र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

युरोजोनमा एक्सपेरिया १ भीआईआईको मूल्य १,४९९ यूरो कायम गरिएको छ। ग्यालेक्सी एस२५ अल्ट्रा जस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा, यसको अल्फा–संचालित क्यामरा र अडियोफाइल क्रेडले यसलाई भिन्न बनाएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया