नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

  • Technology Khabar | २६ बैशाख २०८२, शुक्रबार
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं ।

नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ। ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ।

नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन। क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्र्न सक्ने बताईएको छ।

यो योजनाले आधुनिक बैंकिङलाई प्रवद्र्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेकोे छ । ‘Buy now, pay later’ मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार