अमेजनका बेजोसले एआई डाटा कम्पनी टोलोकामा नयाँ लगानीको नेतृत्व गर्दै

  • Technology Khabar | २६ बैशाख २०८२, शुक्रबार
अमेजनका बेजोसले एआई डाटा कम्पनी टोलोकामा नयाँ लगानीको नेतृत्व गर्दै

काठमाडौं ।

जेफ बेजोसको व्यक्तिगत फर्म, बेजोस एक्सपिडिसनले आर्टिफिसियल इन्टेलिजेन्स डाटा कम्पनी टोलोकामा ७२ मिलियन डलरको लगानीको नेतृत्व गरिरहेको र आफ्नो व्यवसाय विस्तार गर्न खोजिरहेको उल्लेख गरिएको छ।

मानव विशेषज्ञ र परीक्षकहरूको नेटवर्क प्रयोग गरेर एआई मोडेलहरूलाई तालिम र मूल्याङ्कन गर्न मद्दत गर्ने टोलोका एआई पूर्वाधार फर्म नेबियस ग्रुपको अंश भएको बताइएको छ। साथै यसले अमेजन, माइक्रोसफ्ट र एन्थ्रोपिकसँग काम गरेको उल्लेख छ।

टोलोकाका संस्थापक र सीईओ ओल्गा मेगोरस्कायाले बेजोसको नेतृत्वमा रहेको रणनीतिक लगानी एउटा कोसेढुङ्गा भएको बताइन्। यसले विशेष गरी अमेरिकी बजारमा कम्पनीको वृद्धिलाई तीव्र पार्नेछ र आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टहरूसँग सहकार्य गर्ने मानव विशेषज्ञहरू मार्फत यसको उत्पादनहरूको विकासलाई समर्थन गर्नेछ।

“परिणाम साँच्चै उच्च गुणस्तरको छ भनी सुनिश्चित गर्न मानव विशेषज्ञहरूबाट नियन्त्रण, प्रमाणीकरण र सहयोगको आवश्यकता सधैं रहनेछ” मेगोरस्कायाले रोयटर्सलाई बताएको टेलिग्राफले उल्लेख गरेको छ।

बेजोस एक्सपिडिसनका अतिरिक्त, क्यानेडियन ई–कमर्स कम्पनी शपिफाईका सीटीओ मिखाइल पाराखिन पनि लगानीमा सहभागी हुँदैछन् भनि नेबियसले बताएको र उनी टोलोकाको नयाँ निर्देशक बोर्डमा कार्यकारी अध्यक्षको रूपमा सामेल हुने उल्लेख गरिएको छ।

विश्वस्तरीय एआई डाटा विशेषज्ञताको माग पहिलेभन्दा बढी जरुरी भएको बेला टोलोकामा सामेल हुन पाउँदा उत्साहित भएको भन्दै पाराखिनले बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...