डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन

  • Technology Khabar | २४ बैशाख २०८२, बुधबार
डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रो शरत्सिंह भण्डारोले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा मङ्गलबार आयोजित छलफलमा उनले श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सिप विकास श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिए।

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरो सेवा प्रवाहलाई प्रभावकारी बनाउन के कसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माणमा ढिलाइ नगर्न निर्देशन दिए। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिए।

मन्त्री भण्डारोले आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सिप प्रतिष्ठानलगायत सम्पूर्ण श्रम तथा रोजगार सेवा केन्द्रमार्फत सेवा प्रवाह हुने जानकारीसमेत दिए।

छलफलमा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली. श्रममन्त्रीका विज्ञ सल्लाहकार युवराज बस्नेत स्विस कन्ट्याक्टका निर्देशक, विश्व बैङ्क, सामी र रेमी आयोजनाका प्रतिनिधिको सहभागिता रहेको थियो। यसै क्रममा मन्त्रालयमातहत रहेका सूचना प्रणालोको स्तरोन्नति गर्न भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीलाई विश्लेषण गरिएको थियो।

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार