ओपनएआईले नाफामुखी कम्पनी बन्ने योजना त्याग्यो

  • Technology Khabar | २४ बैशाख २०८२, बुधबार
ओपनएआईले नाफामुखी कम्पनी बन्ने योजना त्याग्यो

काठमाडौं ।

ओपनएआईले भर्खरै नाफामुखी कम्पनी बन्ने योजना त्यागेको रिपोर्ट गर]को छ। “ओपनएआई सामान्य कम्पनी होइन र कहिल्यै हुने पनि छैन” कम्पनीका प्रमुख साम अल्टम्यानले भने।

“हामीले नेताहरू र नागरिकहरूको कुरा सुनेर र क्यालिफोर्निया र डेलावेयर महान्यायाधिवक्ताको कार्यालयहरूसँग छलफल गरेपछि गैर–नाफामुखी संस्थालाई नियन्त्रणमा राख्ने निर्णय गर्यौं” उनले थप उल्लेख गरे।

सन् २०१५ मा एक गैर–नाफामुखी संस्थाको रूपमा स्थापित भएको ओपनएआईले पछि केही नाफा कमाउन र लगानीकर्ताहरूलाई आकर्षित गर्न “सीमित” नाफामुखी संस्था स्थापना गर्यो जसमा क्लाउड कम्प्युटिङ जायण्ट माइक्रोसफ्ट यसको सबैभन्दा ठूलो प्रारम्भिक समर्थक बनेको थियो।

बोर्डले अचानक अल्टम्यानलाई बर्खास्त गर्दा सन् २०२३ मा यो सम्झौता लगभग पतन भएको थाहा हुन आएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी कर्मचारीहरूले विरोध गरेपछि अल्टम्यान कम्पनीमा फिर्ता ल्याइएको र उनको बर्खास्तीका लागि जिम्मेवार रहेका व्यक्तिहरू भने बाहिरिको बताइएको छ।

अस्थिरताबाट चिन्तित, लगानीकर्ताहरूले ओपनएआईलाई दुई वर्षभित्र थप सामान्य (परम्परागत), नाफामुखी संरचनामा जान माग गरेको उल्लेख छ।
गत वर्ष सार्वजनिक गरिएको यसको प्रारम्भिक सुधार योजना अन्तर्गत, ओपनएआई पूर्ण रूपमा नाफामुखी निगम बन्ने थियो।

यो योजनाको लागि एआई सुरक्षा कार्यकर्ताहरू र सह–संस्थापक इलन मस्कबाट कडा आलोचनाको सामना गर्नुपरेको बताइएको छ भने मस्कले कम्पनीलाई उक्त प्रस्तावले कम्पनीको संस्थापक दर्शनको उल्लङ्घन गरेको दाबी गर्दै मुद्दा दायर गरेका उल्लेख छ।

त्यसैगरी, ओपनएआईका ठूला लगानीकर्ताहरूले यो योजनालाई प्रभाव पार्ने सम्भावनाको उल्लेख गरिएको छ र ठूलो जापानी लगानी कम्पनी सफ्टबैंकले मार्च ३१ मा घोषणा गरिएको ३० अर्ब डलरको लगानीको लागि ओपनएआई नाफामुखी हुन आवश्यक छ भनेर स्पष्ट पारेको बताइएको छ।

एक आधिकारिक कागजातमा, सफ्टबैंकले यदि ओपनएआईलाई वर्षको अन्त्यसम्ममा नाफामुखी संस्थामा पुनर्संरचना गरिएन भने यसको कुल लगानी २० अर्ब डलरमा घट्न सक्छ भनि बताएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...