स्काईप बन्द गरे लगत्तै माइक्रोसफ्टको टिम्स डाउन, लिंक्डइनमा पनि समस्या आयो

  • Technology Khabar | २३ बैशाख २०८२, मंगलवार
स्काईप बन्द गरे लगत्तै माइक्रोसफ्टको टिम्स डाउन, लिंक्डइनमा पनि समस्या आयो

काठमाडौं ।

स्काइप बन्द गरेर सबै प्रयोकर्ताहरुलाई टिम्समा सारेकोमा हाल माइक्रोसफ्टको टिम्स डाउन भएको छ। यसका साथै कम्पनीको लिंक्डइन पनि डाउन भएको छ।

वेबसाइटहरु तथा एप्स ट्र्याक गर्ने डाउनडिटेक्टरका अनुसार विश्वभरका सेवाग्राहीहरुले टिम्स र लिंक्डइन डाउन भएको गुनासो गरेका छन्।

डाउनडिटेक्टरका अनुसार माइक्रोसफ्ट टिम्समा एप्स प्रयोगमा सबैभन्दा धेरै कठिनाई भोगेका छन् भने लिंक्डइनको वेबसाइटमै सबैभन्दा धेरै समस्या आएको गुनासो छ। टिम्सको एप लगइन र सर्भरमा समस्याको गुनासो रहेको छ भने लिंक्डइनमा वेबसाइट लगइन र प्रोफाइलमा समस्या देखिएको छ।

स्मरण रहोस्, माइक्रोसफ्टले आफ्नो २२ वर्षसम्म संचालनमा रहेको स्काईप हिजो सोमबार बन्द गरेर सबै प्रयोगकर्ताहरुलाई टिम्समा सारेको छ। जसले गर्दा पनि टिम्समा समस्या आएको अनुमान गर्न सकिन्छ।

प्रकाशित: २३ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार