तेस्रो पुस्ताको आईफोन स्लिममा ठूलो डिस्प्ले हुनेछः मिङ–ची कुओ

  • Technology Khabar | २३ बैशाख २०८२, मंगलवार
तेस्रो पुस्ताको आईफोन स्लिममा ठूलो डिस्प्ले हुनेछः मिङ–ची कुओ

काठमाडौं ।

आईफोन एसई जस्तो नभई आईफोन ई वार्षिक रूपमा रिलीज हुने बताइएको छ। यसको अर्थ एप्पलले वर्षमा दुईवटा आईफोन लन्च गर्नेछ र भविष्यका भेनिला मोडेलहरू प्रोहरूसँग भन्दा पनि ई–मोडेलसँगै अनावरण गर्न सकिने उल्लेख गरिएको छ।

विश्लेषक मिङ–ची कुओले भविष्यका आईफोन लन्चहरू कसरी तालिकाबद्ध हुनेछन् भन्ने बारेमा समयरेखा साझा गरेका छन् र त्यसमा भविष्यका स्लिम मोडेलहरूको बारेमा पनि केही जानकारी समावेश गरेका छन्।

आईफोन १७ स्लिमले आईफोन प्लसको ठाउँ लिने र यो तुलनात्मक रुपमा सानो हुनेछ भनि सुन्नमा आएको बताइएको छ। साथै यसमा ६.५५ इन्चको डिस्प्ले समावेश गरिने उल्लेख छ। सन् २०२६ को आईफोन १८ स्लिम उस्तै रहने बताइएको छ भने सन् २०२७ को आईफोन १९ स्लिममा ठूलो डिस्प्ले समावेश गरिने कुओले बताएका छन्।

एप्पलले उक्त डिस्प्ले कति इन्चको हुनेछ भनेर कुनै जानकारी उपलब्ध नगराएको उल्लेख छ। तैपनि, प्लस मोडेल अब केही वर्ष पछि केवल पातलो र हल्का सेल (खोल) मा पुनर्जन्म हुन सक्छ भनि उल्लेख गरिएको छ।

सन् २०२७ सम्ममा “ठूलो आईफोन” को परिभाषा प्लस र प्रो म्याक्स भन्दा पनि बढेको हुनेछ र आईफोन १९ स्लिम दोस्रो पुस्ताको फोल्डेबल आईफोनसँगै लन्च हुने अनुमान गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार