कुनै सम्झौता नभएमा टिकटक बिक्रीको समयसीमा बढाइनेछः ट्रम्प

  • Technology Khabar | २३ बैशाख २०८२, मंगलवार
कुनै सम्झौता नभएमा टिकटक बिक्रीको समयसीमा बढाइनेछः ट्रम्प

काठमाडौं ।

चीनमा आधारित बाइटडान्सलाई टिकटक बेच्नको लागि जुन १९ तारिख सम्मको समयसीमा तोकिएको छ। सो अवधि भित्र सम्ममा कुनै सम्झौता नभएमा उक्त समयसीमा बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।

“टिकटक धेरै रोचक छ” भन्दै ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा नयाँ मतदाताहरू प्राप्त गर्न एपले मद्दत गरेको बताएका छन्।

ट्रम्पले यस अघि टिकटकको बिक्रीको लागि तय गरिएको समयसीमा स्थगित गरिसकेका छन् जुन कानून मूल रूपमा जनवरीमा लागू हुने भनिएको थियो भनि रोयटर्सले उल्लेख गरेको छ।

टिकटकको अमेरिकी सञ्चालनलाई अमेरिकी लगानीकर्ताहरूको स्वामित्व र सञ्चालित नयाँ कम्पनीमा परिणत गर्ने एक सम्झौताको काम भइरहेको थियो भनि थप उल्लेख गरिएको छ।

डेमोक्र्याटिक सिनेटरहरूले ट्रम्पसँग समयसीमा विस्तार गर्ने कानुनी अधिकार छैन भन्ने तर्क गरेको र विचाराधीन सम्झौताले कानुनी आवश्यकताहरू पूरा नगर्ने सुझाव दिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार