Technology Khabar २३ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले आफ्ना आगामी फ्ल्यागशिप फोनहरू आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको लागि एक महत्वपूर्ण रिडिजाइन (पुनः डिजाइन)को योजना बनाइरहेको द इन्फर्मेसनको रिपोर्टले खुलासा गरेको छ। रिपोर्ट अनुसार, एप्पलले पिल–सेप्ड (आकारको) कटआउटलाई सिङ्गल पंच–होल क्यामराले प्रतिस्थापन गर्ने नयाँ स्क्रिन लेआउटको साथ पहिलो पटक अन्डर–डिस्प्ले फेस आईडी प्रस्तुत गर्न सक्ने उल्लेख गरिएको छ।
आईफोन १८ प्रो सिरिजमा अन्डर–डिस्प्ले टेक्नोलोजी हुनेछ
फ्रन्ट–फेसिङ क्यामरालाई स्क्रिनको माथिल्लो–बायाँ कुनामा रहेको सानो पञ्च–होलमा स्थानान्तरण गर्ने र डिस्प्ले मुनि फेस आईडी कम्पोनेन्टहरू इम्बेड गर्ने योजना रिडिजाइनमा समावेश रहेको बताइएको छ। यो परिवर्तनले हालको डायनामिक आइल्याण्ड सेटअपलाई हटाउन सक्ने भए पनि एप्पलले यसलाई पूर्ण रूपमा त्याग्नेछ वा नयाँ लेआउटमा अनुकूलन गर्नेछ भन्ने कुरामा भने स्पष्टता छैन।
आईफोन एक्सको नचदेखि आईफोन १४ प्रो सिरिजमा पिल–सेप्ड (आकारको) कटआउटसम्मको एप्पलको प्रगतिले स्क्रिन रियल इस्टेटलाई अधिकतम बनाउने लक्ष्य राखेको देखिन्छ। सिङ्गल पञ्च–होलले गर्दा आईफोन पनि बाह्य रूपको हिसाबमा एन्ड्रोइड फोन जस्तै देखिनेछ जुन एन्ड्रोइड स्पेसमा सामान्य कुरा भइसकेको छ। यद्यपि एप्पलले अन्डर–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरहरू अपनाउनुको सट्टा थ्रीडी फेस अथेन्टिफिकेसन नै जारी राख्ने उल्लेख गरिएको छ।
एप्पलले चरणबद्ध रूपमा आईफोन १८ सिरिज जारी गर्न सक्ने र प्रो मोडेलहरूले सन् २०२६ मा नयाँ अन्डर–डिस्प्ले फेस आईडी डिजाइनका साथ डेब्यू गर्ने सम्भावना रहेको रिपोर्टले खुलासा गरेको छ। प्रो मोडेलहरूसँगै, ब्रान्डले आईफोन १८ एयर र कम्पनीको पहिलो फोल्डेबल आईफोन पनि घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ। यसको विपरित, मानक आईफोन १८ र आईफोन १८ई सन् २०२७ को वसन्तमा अवस्थित “२+१ पञ्च–होल” कन्फिगरेसनको साथ डेब्यू गर्न सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार