
काठमाडौं ।
जापानमा, थ्रीडी प्रिन्टरको मद्दतले केवल ६ घण्टामा रेलवे स्टेशन बनाएर तयार पारिएको छ। दिनभरिको ट्राफिक सकिएपछि मध्यरातमा काम सुरु गरिएको र बिहान ५ः४५ बजे स्टेशन प्रयोगको लागि तयार भएको उल्लेख गरिएको छ।
यो जापानको पश्चिमी तटमा रहेको हात्सुशिमा स्टेशन हरेक दिन ५०० यात्रुहरूले प्रयोग गर्ने उल्लेख गरिएको छ। यो स्टेशन सन् १९४८ मा काठबाट बनाइएको जापानको पहिलो स्टेशन भएको बताइएको छ। त्यसैले, यहाँ नयाँ स्टेशन निर्माण गर्न आवश्यक थियो भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
परम्परागत विधिहरू प्रयोग गरेर नयाँ स्टेशन निर्माण गर्न दुई महिना लाग्ने र त्यस समयमा, रेलहरू नचल्दा रातमा काम गर्नुपर्ने अवस्थाको बारेमा उल्लेख गरिएको छ। त्यसैले अधिकारीहरूले घरहरू बनाउन थ्रीडी प्रिन्टरहरू प्रयोग गर्ने सेरेन्डिक्स नामक कम्पनीलाई काममा लगाएको उल्लेख छ।
कम्पनीले हात्सुशिमोमा ढुवानी गर्नु अघि सात दिनमा स्टेशनका पार्टपुर्जाहरू निर्माण गरेको बताइएको छ। परियोजनाले कंक्रिटबाट निर्माण गर्ने लागत भन्दा आधा खर्चमा स्टेशनलाई तयार गरेको उल्लेख छ। यो थ्रीडी प्रिन्टरले बनेको विश्वको पहिलो रेलवे स्टेशन हुनेछ।
जापानीहरूले आफ्नो पुरानो रेल स्टेशनहरू मर्मत गर्न चुनौतीहरूको सामना गरिरहेको बताइएको छ। यसको केही कारणहरू वृद्ध जनसंख्या र घट्दो कार्यबल हुन् भनि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
त्यसैले थ्रीडी प्रिन्टरहरूलाई पुराना स्टेशनहरू मर्मत गर्ने तरिकाको रूपमा प्रचार गरिएको बताइएको छ। संयोगवश, यी प्रिन्टरहरूको निर्माणदेखि औषधिसम्म प्रयोगको बढ्दो दायरा भएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार