प्रिमियम सदस्यहरूलाई फोरके भिडियो अपलोड सुविधा दिँदै एक्स

  • Technology Khabar | २० बैशाख २०८२, शनिबार
प्रिमियम सदस्यहरूलाई फोरके भिडियो अपलोड सुविधा दिँदै एक्स

काठमाडौं ।

ईलन मस्कले कम्पनीको नेतृत्व सम्हालेपछि एक्स (पूर्व ट्विटर) भिडियो सामग्रीतर्फ झनै केन्द्रित हुँदै गएको देखिएको छ। यसै क्रममा एक्सको इन्जिनियरिङ खाताबाट गरिएको घोषणा अनुसार केही क्रिएटरहरूका लागि अब फोरके भिडियो अपलोड सुविधा सुरू गरिएको छ।

हालका लागि यो सुविधा सीमित प्रयोगकर्ताका लागि उपलब्ध छ, तर चाँडै सबै प्रिमियम सदस्यहरूले फोरके भिडियो अपलोड गर्न सक्ने बताइएको छ। अहिले प्रिमियम प्रयोगकर्ताहरूले अधिकतम ८ जीबी साइजसम्मका ३ घन्टासम्मका १०८०पी भिडियोहरू सेयर गर्न सक्थे। यसका साथै एक्सले टिकटक र इन्स्टाग्राम रील्सजस्तै भर्टिकल भिडियो फीड पनि सुरू गरिसकेको छ।

यदि तपाईं ती प्रयोगकर्तामध्ये हुनुहुन्छ जसले एक्सबाट हात झिकिसक्नुभएको छ र ईलन मस्कसँगको कुनै सरोकार राख्न चाहनुहुन्न भने तपाईं आफ्नो एक्स खाता पूर्ण रूपमा मेटाउन सक्नुहुन्छ। यसका लागि खाताको डिएक्टिभेसन र तपाईंका ट्वीटहरू मेटाउने चरणबद्ध निर्देशन पनि उपलब्ध छ।

सम्बन्धित समाचार

के तपाईँलाई एक्स अर्थात् ट्विटर डिएक्टिभेट गर्नु छ? यो तरिका अपनाउनुस्

प्रकाशित: २० बैशाख २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...