Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
टोयोटाका बोर्डका अध्यक्ष अकियो टोयोडा स्पोर्ट्स कारहरू मन पराउने व्यक्ति मध्य एक भएको बताइएको छ। “मेरो लागि,स्पोर्ट्स कार भन्नाले पेट्रोलको गन्ध आउने र ठूलो इन्जिन भएको कार हो” अटोमोटिभ न्यूजसँगको एक अन्तर्वार्तामा कम्पनीका अध्यक्षले भने।
कम्पनी भित्र रमाइलो विद्युतीय कार बनाउन खोज्ने केही मानिसहरू भएको टोयोडाले स्वीकार गरेका छन्। तर उनी आफैंलाई राम्रो पुरानो इन्टर्नल कम्बस्चन इन्जिनसँग लगाव भएको व्यक्ति भनेर भन्न रुचाउँछन् भनि उल्लेख गरिएको छ। यसको मतलब उनी विद्युतीय स्पोट्र्स कारको विचारको पूर्ण रूपमा विरुद्ध भने नभएको र ‘हामी सबैको आफ्नै प्राथमिकताहरू हुन्छन्’ भनि उनले उल्लेख गरेको बताइएको छ।
अकियो टोयोडा औसत कार्यकारी मात्र नभएर उनी टोयोटाको “मुख्य चालक” भएको बताइएको छ। उनले सन् २००७ मा नुरबग्र्रिङमा २४–घण्टा इनड्युरेन्स रेसको लागि ‘मोरिजो’ नाम अपनाए र त्यसबेलादेखि नै यसलाई प्रयोग गर्दै आएको उल्लेख छ।
विद्युतीय कारहरूको ब्याट्री ट्र्याकमा लामो समयसम्म नटिक्ने भएकाले विद्युतीय कारहरू रेसको लागि रोमाञ्चक नहुने टोयोडाले स्वीकार गरेका छन्।
कम्पनीका अध्यक्षले विद्युतीय प्रविधि हाल रेसको लागि सही स्तरमा नभएको दाबी गर्दै यो बरु ब्याट्री चार्ज गर्ने वा बदल्ने समयको दौड भएको भनि बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार