साइबर सेक्यूरिटी, डाटा सुरक्षा, एप डेभपलमेन्ट तथा सुदृढीकरण गरिने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यमान विद्यालय शिक्षालाई आधुनिक विज्ञान प्रविधि मैत्री बनाईने घोषणा गरेका छन्।

यसका साथै उनले प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालय तहसम्म पुर्याउने बताएका छन्।

नीति तथा कार्यक्रममार्फत सरकारले भर्चुअल शिक्षणका लागि इ लर्निङ्गको तालिम शिक्षकलाई प्रदान गरिने बताए। उनले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने घोषणा गरे।

यसैगरी वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकासका लागि सार्वजनिक निजी श‌ैक्षिक क्षेत्रबिच सहकार्यको वातावरण बनाईने भएको छ।

साइबर सेक्यूरिटी, डेटा सुरक्षा, एप डेभपलमेन्ट तथा सुदृणीकरण र त्यससँग जोडिएका प्रणालीलाई समन्वयानात्मकरुपमा अगाडि बढाईने भएको छ।

यस्तै वैज्ञानिक, नवप्रवर्नात्मक कार्यलाई समुदायसँग जोडिने भएको छ।

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया