Technology Khabar १८ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ।
शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध रहेको जानकारी दिएको छ।
नयाँ टिएमएसको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्सले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने वास्तविक-समय अर्डर प्लेसमेन्ट र पोर्टफोलियो ट्र्याकिङ (Real-time order placement and portfolio tracking ) सुविधा तथा मोबाइल डिभाइसहरुमा पनि सजिलो पहुँच रहेको जनाएको छ।
प्रकाशित: १८ बैशाख २०८२, बिहीबार