स्पोटिफाई प्रयोगकर्ताहरूको संख्या ६७ करोड ८० लाख पुग्यो

  • Technology Khabar | १८ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

स्पोटिफाईले यस वर्षको पहिलो त्रैमासिकमा (जनवरी र मार्च बीच) पाँच लाख प्रिमियम प्रयोगकर्ताहरू थप गरेको कम्पनीले भर्खरै खुलासा गरेको छ। यो सन् २०२४ को पहिलो त्रैमासिकको तुलनामा १२ प्रतिशतले वृद्धि भएको र कुल भुक्तानी गर्ने ग्राहकहरू २६ करोड ८० लाख पुगेको छ।

स्ट्रिमिङ सेवाले त्रैमासिकको लागि ५० करोड ९० लाख यूरो (५०९ मिलियन यूरो वा लगभग ५२८ मिलियन अमेरिकी डलर) को कीर्तिमानी सञ्चालन आयको घोषणा गरेको छ। त्यसैगरी राजस्व (आम्दानी) ४.२ बिलियन यूरो, वा लगभग ४.८ बिलियन अमेरिकी डलर पुगेको रिपोर्ट गरेको छ।

स्पोटिफाईले अब ६७ करोड ८० लाख (६७८ मिलियन) मासिक सक्रिय प्रयोगकर्ताहरू र ४२ करोड ३० लाख (४२३ मिलियन) विज्ञापन समर्थित मासिक सक्रिय प्रयोगकर्ताहरू भएको दाबी गरेको छ। विज्ञापन–समर्थित ४२ करोड ३० लाख प्रयोगकर्ताहरू र २६ करोड ८० लाख भुक्तानी गरिरहेका प्रयोगकर्ताहरू लाई जोड्ने हो भने कुल ६७ करोड ८० लाख नभइ कुल ६९ करोड १० लाख हुनेछ।

म्यूजिक स्ट्रिमिङ्ग जायन्ट स्पोटिफाई एक परिपक्व नाफा कमाउने व्यवसायमा परिणत भएको छ र यो प्रयोगकर्ता संख्याका साथै आम्दानी दुवैमा निरन्तर बढिरहेको देखिन्छ।

प्रकाशित: १८ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...