गुगल क्रोम ब्राउजर खरिद गर्न याहू इच्छुक

  • Technology Khabar | १७ बैशाख २०८२, बुधबार
गुगल क्रोम ब्राउजर खरिद गर्न याहू इच्छुक

काठमाडौं ।

यदि अमेरिकी संघीय न्यायाधीशले गुगलले क्रोमलाई बेच्नुपर्ने फैसला सुनाएमा इन्टरनेट कम्पनी याहू गुगल क्रोम ब्राउजर किन्न इच्छुक भएको उल्लेख गएिको छ।

एकाधिकार शुल्कबाट बच्न गुगललाई क्रोम बिक्री गर्न बाध्य पार्न सकिने बताइएको छ भने याहूका सीईओ ब्रायन प्रोभोस्टले अदालतको सुनुवाइमा क्रोम ब्राउजर खरिद गर्न याहू इच्छुक छ भनि बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

‘क्रोम दशौं अर्ब डलरको मूल्यमा बेचिने याहूले अनुमान गरेको छ’ भनि उनले बताएको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

२१ औं शताब्दीको सुरुमा याहू अनलाइन सर्च (खोज) बजारको अग्रणी खेलाडी थियो। तर पछि गुगल धेरै सफल भएपछि याहूले आफ्नो स्थान गुमाएको थियो।

याहू धेरै पटक बिक्री भइसकेको छ र सन् २०२१ सम्म कम्पनी हाल अपोलो ग्लोबल म्यानेजमेन्टको स्वामित्वमा रहेको बताइएको छ।

त्यसैगरी ओपनएआईको पनि क्रोम ब्राउजरमा रुचि रहेको उत्पादन प्रबन्धक निक टर्लीले गत हप्ता अदालतको सुनुवाइमा बताएका थिए।

च्याटजीपीटीसँग पहिले नै डाउनलोडको लागि क्रोम एक्सटेन्सन उपलब्ध छ। तर डिपर इन्टिग्रेसन (गहिरो एकीकरण) ले राम्रो उत्पादन सिर्जना गर्नेछ भन्ने टार्लीको विश्वास रहेको बताइएको छ।

गुगलले बजारमा एकाधिकार कायम गरेको संयुक्त राज्य अमेरिकाको न्याय विभागको विश्वास रहेको छ र ठूलो प्रतिस्पर्धाको लागि अनुमति दिन कम्पनीलाई क्रोम सहितको आफ्नो व्यवसायको केही भाग बेच्न माग गरिरहेको छ।

अर्कोतर्फ, गुगलले सरकारको प्रस्तावले उपभोक्ताहरूलाई हानि पु¥याउने, दैनिक उत्पादनहरूलाई कमजोर बनाउने र प्रविधिमा संयुक्त राज्य अमेरिकाको नेतृत्वलाई कमजोर बनाउने तर्क गरेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १७ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...