Technology Khabar १६ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
घानामा कन्टेन्ट मोडरेटर्स (सामग्री मध्यस्थकर्ताहरू) ले अनुभव गरेको मनोवैज्ञानिक हानिको बारेमा फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले अफ्रिकामा दोस्रो चरणको मुद्दाको सामना गरिरहेको छ।
आक्रामा रहेको मेजोरेल कम्पनीका मोडरेटरहरूले हिंसात्मक र ग्राफिक केन्टेन्ट (सामग्री) को सम्पर्कमा आएका कारण डिप्रेसन, चिन्ता र लागूपदार्थको समस्याबाट पीडित भएको बताएका छन्।
केहीले कठोर काम गर्ने अवस्था र अपर्याप्त मानसिक स्वास्थ्य सहयोगको बारेमा पनि रिपोर्ट गरेका छन्।
केन्यामा पनि यस्तै घटना भएको र जहाँ सामसोर्सद्वारा कार्यरत दर्जनौं मोडरेटर्स (मध्यस्थकर्ताहरू) लाई पोस्ट–ट्रमाटिक तनाव भएको पाइएको उल्लेख गरिएको छ।
घानामा मुद्दाको तयारी स्थानीय फर्मसँगको सहकार्यमा एक ब्रिटिश संस्थाद्वारा नेतृत्व गरिएको उल्लेख छ।
मेटा र यसका ठेकेदारहरूले कामदारहरूको सुरक्षा र कल्याणकारी अवस्थालाई बेवास्ता गरेको उनीहरूले दाबी गरेका छन्।
मेटा र मेजोरेलको मूल कम्पनीले भने आरोपहरूलाई अस्वीकार गरेको छ। कम्पनीले कडा तलब र मानसिक स्वास्थ्य सहयोग प्रदान गरिरहेको बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १६ बैशाख २०८२, मंगलवार