प्रसिद्ध जर्मन गोलकिपर ओलिभर कानले मुद्दा हालेको भिडियो गेम कुन थियो जान्नुहोस्

Technology Khabar १६ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

सन् २००२ को भिडियो गेम फिफा पूर्ण रूपमा विकसित नभए पनि यो द्रुत गतिमा अगाडि बढेको थियो।

ईए स्पोट्र्सले पास स्ट्रेन्थ मिटर, इम्प्याक्ट शट र अन्य धेरै आकर्षक तत्वहरू थप गरेर पछि सन् २००२ को फिफा विश्वकप खेलमा प्रयोग गरिएको थियो। उक्त भिडियो गेम २३ वर्ष अघि कोरिया र जापानमा भएको विश्वकपको अवसरमा रिलिज भएको थियो।

यस खेलको नवीनता भनेको हावामा बलको अधिक उन्नत नियन्त्रण थियो र रेफ्रीहरूको मापदण्ड समायोजन गर्न थप विकल्पहरू पनि उपलब्ध गराइएका थिए।

भिडियो गेममा विश्वकपको लागि छनोट भएका ३२ टोलीहरूका साथै छनोट हुन असफल भएका नौ अन्य टोलीहरू थिए।

टोलीहरू प्रायः इजाजतपत्र प्राप्त थिए र त्यस समयका सबैभन्दा ठूला फुटबल स्टार, ब्राजिलियन खेलाडी रोनाल्डोको हेयरस्टाइल भने भिडियो गेमको संस्करणमामा उतारिएको थिएन जसले फुटबल जगतमा हलचल मच्चाएको थियो।

यसबाहेक, इजाजतपत्र र खेलाडीको अपिएरेन्सको बारेमा पनि विवाद उत्पन्न भएको थियो। तत्कालीन जर्मन गोलकिपर ओलिभर कानले अनुमति बिना आफ्नो छवि अनधिकृत प्रयोग गरेको भन्दै इलेक्ट्रोनिक आट्र्समाथि विरुद्ध मुद्दा दायर गरको बताइएको छ।

यसै कारणले गर्दा, ईएले जर्मन बजारमा खेल बिक्री गर्ने अधिकार गुमाएको र यो उनीहरूका लागि कहिल्यै बिर्सन नसक्ने पाठ बन्न गएको थियो।

साथै, यो पहिलो फिफा खेल थियो जसमा इजाजतपत्र प्राप्त संगीत थिएन। यसको सट्टा, भिडियो गेमको लागि भ्यानकुभर सिम्फनी अर्केस्ट्राले विशेष रूपमा सिर्जना गरिएका रचनाहरू रेकर्ड गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया