इरानले आइतबार ठूलो साइबर आक्रमणलाई विफल पारेको दाबी

  • Technology Khabar | १५ बैशाख २०८२, सोमबार
इरानले आइतबार ठूलो साइबर आक्रमणलाई विफल पारेको दाबी

काठमाडौं ।

आइतबार इरानको संरचना प्रणालीमाथि भएको एक ठूलो साइबर आक्रमणलाई विफल पारिएको इरानको इन्फ्रास्ट्रक्चर कम्युनिकेसन्स कम्पनीका प्रमुखले बताएका छन्।

यो घटना अमेरिकी वार्ताकारहरूसँग तेहरानको विवादास्पद आणविक कार्यक्रमबारे अर्को चरणको वार्ता र देशको सबैभन्दा महत्वपूर्ण कन्टेनर बन्दरगाहमा शक्तिशाली विस्फोट भएको भोलिपल्ट भएको हो।

“देशको पूर्वाधारमाथि हालसम्मकै सबैभन्दा व्यापक र जटिल साइबर आक्रमणमध्ये एक पहिचान गरिएको र रोकथामका उपायहरू अपनाइएको छ,” बेहजाद अकबरीले सोमबार सेमिअफिसियल तास्नीम समाचार एजेन्सीलाई भनेका छन्, यद्यपि उनले थप विवरण दिएका छैनन्।

तेहरान र वाशिङ्टनले शनिबार ओमानमा आणविक वार्ताको तेस्रो चरण सम्पन्न गरेका थिए, सोही दिन इरानको सबैभन्दा ठूलो बन्दरगाह बन्दर अब्बासमा ठूलो विस्फोट भएको थियो जसको कारण अझै स्पष्ट नभएको रोयटर्सले उल्लेख गरेको छ।

बन्दरगाहमा रहेको रसायनले विस्फोटलाई तीव्र बनाएको शंका गरिएको छ, तर ठ्याक्कै कारण स्पष्ट नभएको र इरानको रक्षा मन्त्रालयले मिसाइलमा प्रयोग हुने ठोस इन्धनलाई जतनसँग व्यवस्थापन नगरिनुसँग विस्फोटको सम्बन्ध रहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ।

इरानले विगतमा साइबर आक्रमणमा आफ्नो मुख्य दुश्मन इजरायललाई दोष दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार भनेका थिए कि इरानको आणविक पूर्वाधारलाई मात्र सीमित नभई पूरै नष्ट गरिनु पर्नेछ।

२०२१ मा इरानका पेट्रोल स्टेसनहरूमा भएको ठूलो साइबर आक्रमण इजरायलले गराएको हुन सक्ने इरानले भनेको थियो। २०२३ मा पनि यस्तै तर अझ ठूलो साइबर आक्रमणका कारण करिब ७० प्रतिशत पेट्रोल स्टेसन प्रभावित भएका थिए, जसको जिम्मेवारी “प्रिडेटरी स्प्यारो” नामक समूहले लिएको थियो र उक्त आक्रमणलाई इस्लामिक गणराज्य र त्यसका सहयोगीहरूको आक्रामकताको प्रतिशोध भनेर व्याख्या गरेको थियो।

प्रकाशित: १५ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार