नासाको मंगल ग्रहको अर्बिटरले सतहमा घुमिरहेको क्युरियोसिटीको खिचेको तस्विर यस्तो छ

  • Technology Khabar | १५ बैशाख २०८२, सोमबार
नासाको मंगल ग्रहको अर्बिटरले सतहमा घुमिरहेको क्युरियोसिटीको खिचेको तस्विर यस्तो छ

काठमाडौं ।

क्युरियोसिटी मार्स रोभरको अधिकतम गति केवल १ माइल प्रतिघण्टाको रहेको छ। केवल १ माइल प्रतिघण्टाको अधिकतम गतिको साथ रोबोटले मंगल ग्रहको धेरै क्षेत्रमा पुगिसकेको छ।

नासाको मार्स रिकोनाइसेन्स अर्बिटरले हालै खिचेको तस्बिरले यस वर्ष रोभरले अहिलेसम्म के गरिरहेको छ भन्ने कुराको राम्रो दृश्य प्रदान गरेको बताइएको छ र क्युरियोसिटीले आफ्नो अघिल्लो विज्ञान लक्ष्य – गेडिज भ्यालिस च्यानल भनिने क्षेत्र – बाट अर्को गन्तव्यमा यात्रा गर्दा छोडेका ट्र्याकहरू देखाएको उल्लेख गरिएको छ।

लगभग १,०५० फिट लामो ट्रेलको अगाडि रोभर आफैं एउटा सानो दाग मात्र जस्तो देखिएको र यो तस्विर “मंगल ग्रह (रेड प्लानेट) मा रोभर मिड–ड्राइभको पहिलो अर्बिटल ईमेज (कक्षीय छवि) भएको” नासाले बताएको छ।

यो तस्बिर फेब्रुअरी २८ तारिखमा अर्बिटरको हाईराईज (हाई–रिजोल्युसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट) क्यामराले खिचेको थियो र तस्बिरले त्यस महिनाको सुरुदेखि ११ ड्राइभ्समा क्युरियोसिटीको चाल देखाएको उल्लेख छ।

केही हप्ताभर टायर ट्र्याकहरूको डोब माटोमा टाँसिन/रहनको लागि लामो समय भएको जस्तो लाग्न सक्छ, तर मंगल ग्रहमा यो सामान्य हो भनि उल्लेख गरिएको छ। ट्र्याकहरू “हावाले मेटाउनु अघि महिनौंसम्म टिक्ने सम्भावना हुन्छ” नासाले बताएको छ।

क्युरियोसिटीले आगामी हप्ताहरूमा आफ्नो अर्को विज्ञान गन्तव्यमा पुग्ने अपेक्षा गरिएको छ, जुन भूजलद्वारा धेरै पहिले सिर्जना गरिएको मानिने संरचनाहरूको घर हो भनि इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: १५ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १५ बैशाख २०८२, सोमबार