
काठमाडौं ।
दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले दक्षिणी भारतमा रहेको आफ्नो सुविधामा १० अर्ब रुपैयाँ (११७.०९ मिलियन डलर) लगानी गर्ने एक मन्त्रीले शुक्रबार बताएका छन्। कर्मचारी निलम्बनपछि प्लान्टमा कामदारहरूले विरोध प्रदर्शन गरेको महिनौंपछि यो प्लान्ट चर्चामा आएको छ।
चेन्नई नजिकैको प्लान्ट हालैका महिनाहरूमा चर्चामा आएको छ।
कामदारहरूले फेब्रुअरीमा कर्मचारी निलम्बनलाई लिएर धर्ना दिएका थिए र ६ महिनाभन्दा कम समयमा त्यहाँ दोस्रो ठूलो श्रम विवाद भएको उल्लेख गरिएको छ।
इलेक्ट्रोनिक्स निर्माताले कामदारहरूको मागलाई सम्बोधन गर्न सहमत हुनुभन्दा अघि उच्च ज्याला र युनियन मान्यताको माग गर्दै गत वर्ष सेप्टेम्बरमा, सयौं कामदारहरूले प्लान्टमा पाँच हप्ताको हडताल गरेका थिए।
कम्पनीको थप लगानीले “तमिलनाडु राज्यको श्रमशक्तिमा उनीहरूको विश्वासलाई बलियो बनाउनेछ” राज्यका उद्योग, लगानी प्रवद्र्धन र वाणिज्य मन्त्री टी. आर. बी. राजाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्दै सामसङले सुविधामा १०० थप रोजगारी थप्नेछ भनि बताएका छन्।
कम्पनीले युनियन–भत्काउने रणनीति बनाएको आरोप लगाउँदै कामदार युनियन सामसङसँग विवादमा रहेको बताइएको छ। ताथापि, सामसङले भने यो “सबै लागू हुने कानूनहरूको पालना” गरेको बताएको छ।
कारखानाले हाल २,००० भन्दा बढी मानिसहरूलाई रोजगारी दिइरहेको छ। सामसङले टिप्पणीको लागि गरिएको अनुरोधको जवाफ नदिएको उल्लेख छ। साथै मन्त्रीले लगानीको लागि समय सीमाको उल्लेख नगरेको बताइएको छ।
यो कारखानाले रेफ्रिजरेटर, टेलिभिजन र वाशिङ मेसिन बनाउने गरेको र सन् २०२२–२३ मा सामसङको १२ अर्ब डलरको भारत बिक्रीको पाँचौं हिस्सा ओगटेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार