चीनले अमेरिकामा निर्मित केही सेमिकन्डक्टरमा लगाइएको दण्डात्मक कर फिर्ता लिइरहेको रिपोर्ट

  • Technology Khabar | १४ बैशाख २०८२, आईतवार
चीनले अमेरिकामा निर्मित केही सेमिकन्डक्टरमा लगाइएको दण्डात्मक कर फिर्ता लिइरहेको रिपोर्ट

काठमाडौं ।

चीनले केही अमेरिकी निर्मित सेमिकन्डक्टरहरूमा लगाइएको दण्डात्मक १२५ प्रतिशत करहरू चुपचाप हटाएको बताईएको छ।

त्यसैगरी यी छुटहरू माइक्रोचिप्स वा सेमिकन्डक्टर्स पनि भनेर चिनिने इन्टिग्रेटेड सर्किटहरूसँग सम्बन्धित रहेको सीएनएनले रिपोर्टमा उल्लेख गरेको छ।

अप्रिल १२ तारिखमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा लगाइएको करहरू अविश्वसनीय रुपमा १४५ प्रतिशतमा बढाउने निर्णयको बदलामा चीनले पनि अमेरिकामा उत्पन्न हुने सबै सामानहरूमा आफ्नो पारस्परिक करहरू १२५ प्रतिशतसम्म बढाएको थियो।

महिनौंदेखि, बेइजिङले अमेरिकासँगको बढ्दो व्यापार युद्धलाई व्यवस्थापन गर्न आफू बलियो र निश्चित रहेको छवि प्रस्तुत गर्दै आएको छ। तर यी छुटहरूले चीनले आफैं उत्पादन गर्न वा अन्य देशहरूबाट स्रोत गर्न नसक्ने प्रमुख वस्तुहरूमा लगाइएको केही करहरू हटाउन आवश्यक रहेको संकेत गर्दछ।

रिपोर्टअनुसार, चिनियाँ अधिकारीहरूले सार्वजनिक रूपमा छुटको बारेमा पुष्टि गरेका छैनन्। त्यसैगरी भन्सारको सामान्य प्रशासन र शेन्जेन भन्सार कार्यालयले उनीहरूलाई छुटको बारेमा थाहा नभएको बताएका छन्।

ट्रम्प प्रशासनबाट विपरीत सुझाव आए पनि अमेरिकासँग कुनै व्यापार वार्ता नभएको एक चिनियाँ अधिकारीले बताएका छन्।

अर्कोतर्फ, ट्रम्पले पनि चीनप्रति आफ्नो अडान नरम पारेको देखिन्छ र उनले चिनियाँ आयातमा हालसम्म लगाएका करहरू “उल्लेखनीय रूपमा घटाइनेछ, तर ती शून्य हुनेछैनन्” भनेका छन्।

चीन र अमेरिकाबीचको व्यापार युद्ध चरम सीमामा रहेको छ। ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानहरूमा १४५ प्रतिशतसम्मको आयात शुल्क लगाएका छन् भने चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतको शुल्क लगाएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...