
काठमाडौं ।
जर्मन अटो निर्माता कम्पनी बीएमडब्लूले चीनमा बनाइने नयाँ मोडेलहरूमा चिनियाँ स्टार्टअप डीपसिकको कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली यो वर्षको अन्त्यदेखि समावेश गर्ने योजना बनाएको जनाएको छ।
कम्पनीका सीईओ ओलिभर जिप्सेले बुधबार शाङ्हाइ अटो शोमा उक्त जानकारी दिएका रोयटर्सले उल्लेख गरेको छ।
“एआई सम्बन्धी महत्वपूर्ण प्रगति यतै (चीनमा) भइरहेको छ। हामी चीनका लागि हाम्रो सवारीहरूमा एआई प्रविधिको एकीकरण गर्न साझेदारीलाई अझ मजबुत बनाउँदैछौं,” जिप्सेले भने। “यो वर्षको अन्त्यदेखि हामी चीनमा बनाइने नयाँ सवारीहरूमा डीपसिकको एआई एकीकृत गर्दैछौं।”
प्रकाशित: ११ बैशाख २०८२, बिहीबार