
काठमाडौं ।
आईफोन १७ प्रो सिरिज नयाँ रङ्ग विकल्पमा आउने रिपोर्ट गरिएको छ। आईफोन १७ प्रो सिरिज स्काई ब्लू नामक नयाँ रङ्ग विकल्प प्राप्त गर्ने तयारीमा रहेको लीकस्टर माजिन बुले खुलासा गरेका छन्।
लीक अनुसार, आईफोन १७ प्रो र १७ प्रो म्याक्सको लागि आगामी रङ्ग विकल्प गत महिना लन्च गरिएको स्काई ब्लू एम४ म्याकबुक एयर जस्तै देखिनेछ।
एप्पलले पहिले नै नयाँ रङ्गमा आईफोन १७ प्रोको प्रोटोटाइप एकाइहरू निर्माण गरिसकेको “आपूर्ति श्रृंखला नजिकका स्रोतहरू” ले बताएका छन्।
एप्पलले सन् २०२१ देखि लाइट सेड ब्लू (नीलो) रङ्गको आईफोन प्रो मोडेल लन्च गरेको छैन र कम्पनीले आईफोन १३ प्रो सिरिज सिएरा ब्लू रङ्गमा प्रस्तुत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ बैशाख २०८२, बिहीबार