कम्बोडिया पुर्याएर साइबर दास बनाएको आरोपमा एक जना पक्राउ

  • Technology Khabar | १० बैशाख २०८२, बुधबार
कम्बोडिया पुर्याएर साइबर दास बनाएको आरोपमा एक जना पक्राउ

काठमाडौं ।

रोजगारीको प्रलोभनमा पारी विदेशमा लगेर साइबर दास बनाएको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कैलाली टिकापुर घर भई काठमाडौंको ज्ञानेश्वर रातोपुल बस्ने २२ वर्षीय सन्देश शाहीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

उनले एक पुरूषलाई कम्बोडियामा मासिक एकदेखि साढे एक लाखसम्म आम्दानी हुने भनेर प्रलोभनमा पारेर साइबर दास बनाएको ब्यूरोले जानकारी दिएको छ।

उनलाई भारतहुँदै मलेसिया ट्रान्जिटबाट कम्बोडिया पुर्याएको बताईएको छ।

उनलाई चिनियाँहरुले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाएर अरूलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने काम दिएका थिए।

शाहीलाई मानव बेचबिखन गरेको आरोपमा मंगलबार पक्राउ गरेको हो। ब्यूरोले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...