ह्वाट्सएपको मेसेज र च्यानल अपडेट ट्रान्सलेसन बीटा प्रयोगकर्ताहरूका लागि उपलब्ध

  • Technology Khabar | ८ बैशाख २०८२, सोमबार
ह्वाट्सएपको मेसेज र च्यानल अपडेट ट्रान्सलेसन बीटा प्रयोगकर्ताहरूका लागि उपलब्ध

काठमाडौं ।

ह्वाट्सएपले गत वर्षदेखि च्याट मेसेजेज र च्यानल अपडेट ट्रान्सलेसन सुविधामा काम गरिरहेको छ जुन अब बीटा प्रोग्राममा दर्ता भएका केही एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको छ।

डब्ल्यूएबीटाइन्फो को रिपोर्टअनुसार, यो ट्रान्सलेसन (अनुवाद) सुविधा एन्ड्रोइडको लागि ह्वाट्सएपको बीटा संस्करण २.२५.१२.२५ भएका केही प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ भने यसको रोलआउट आगामी हप्ताहरूमा थप बीटा प्रयोगकर्ताहरूमा विस्तार हुने अपेक्षा गरिएको छ।

यो सुविधाले स्पेनी, अरबी, पोर्चुगिज, हिन्दी र रूसी भाषाहरूको अनुवाद (ट्रान्सलेसन) लाई समर्थन गर्नेछ। एक्टिभ इन्टरनेट कनेक्सन (इन्टरनेटको सक्रिय जडान) को आवश्यकता बिना नै डिभाइसमा अनुवाद गर्न सकिने भएकाले प्रयोगकर्ताहरूले अनुवाद गर्न चाहेको भाषासँग मेल खाने भाषा प्याक डाउनलोड गर्नुपर्ने बताइएको छ।

वैकल्पिक रूपमा, प्रयोगकर्ताहरूले स्वचालित रूपमा इनकमिङ्ग मेसेजहरूको भाषा पत्ता लगाउन र तिनीहरूलाई अनुवाद गर्न सक्ने प्याक पनि डाउनलोड गर्न सकिने बताइएको छ।

च्याट इन्फो स्क्रिनमा ट्रान्सलेसन (अनुवाद) सक्षम गर्ने टगललाई फेला पार्न सकिने बताइएको छ जहाँ प्रयोगकर्ताहरूले मेसेजहरूलाई स्वचालित रूपमा अनुवाद गर्न चाहेको भाषा छनौट गर्न सक्नेछन्। यो निजी र समूह च्याटहरूको लागि प्रति–च्याट आधारमा गर्न सकिने थप उल्लेख गरिएको छ। यदि प्रयोगकर्ताहरूले स्वचालित रूपमा मेसेजहरूलाई अनुवाद गर्न नचाहने हो भने, तिनीहरूले मेसेज अप्सन (विकल्प) खोलेर “ट्रान्सलेट” मा ट्याप गरेर म्यानुअल रूपमा त्यसो गर्न सक्ने उल्लेख गरिएको छ।

ह्वाट्सएपको ट्रान्सलेसन (अनुवाद) लाइटवेट ल्याङ्गवेज प्याकहरू प्रयोग गरेर अन–डिभाइसमा हुने भएकाले ह्वाट्सएपको अनुवाद क्लाउड–आधारित सेवाहरूद्वारा गरिने अनुवादहरू जत्तिकै सटीक नहुने बताइएको छ।

त्यसैले, ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई मेटासँग मूल र अनुवादित मेसेजहरू साझेदारी नगरी ट्रान्सलेसन (अनुवाद) सुधारको लागि प्रतिक्रिया दिनलाई मौका प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...