Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रममा झनै तीव्रता देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
चालु आर्थिक वर्षको यो अवधिसम्म उक्त रकम बराबरको १५ लाख ८४ हजार ९५६ थान स्मार्टफोन आयात भएको हो।
तुलनात्मक रुपमा हेर्दा अघिल्लो महिना अर्थात् फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा ३ अर्ब ४६ करोड ८१ लाख १७ हजार बराबरको ३ लाख ५४ हजार ९९९ थान स्मार्टफोन आयात भएको देखिन्छ।
चालु आवको नवौं महिनासम्म सरकारले स्मार्टफोनको आयातबाट ४ अर्ब ७३ करोड १५ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५८ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १७ अर्ब २६ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ४७ हजार ५५८ थान स्मार्टफोन आयात भएको छ।
भारतबाट ७ अर्ब ६४ करोड २३ लाख ३२ हजार रुपैयाँ बराबरको ३ लाख ३० हजार ८०८ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
बाँकी ५७ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएका छन्।
यस्तो छ उत्कृष्ट ३ अंकसम्मको परिमाणमा आयात भएका देशको विवरण:
| क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | चीन | १२४७५५८ | १७२६६०२५ |
| २ | भारत | ३३०८०८ | ७६४२३३२ |
| ३ | भियतनाम | १०२९ | १५९४ |
| ४ | अमेरिका | १०३३ | १२०५६६ |
| ५ | जापान | ८६९ | ७१४३८ |
| ६ | अस्ट्रेलिया | ४५४ | ६४१३२ |
| ७ | द. कोरिया | ४५१ | ३१६९१ |
| ८ | यूएई | ७४१ | ८८७५१ |
| ९ | कतार | २७५ | ३५७९१ |
| १० | कुवेत | ११० | २४३९ |
| ११ | बेलायत | १५२ | १६४३१ |
| १२ | हङकङ | ११९ | ११२४५ |
| १३ | माल्दिभ्स | १००१ | ७० |
यी बाहेकका अन्य ४६ देशबाट ३ हजारदेखि ९३ लाख ११ हजारसम्मको १ देखि ९४ थानसम्मा स्मार्टफोन आयात भएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ८ बैशाख २०८२, सोमबार