एन्ड्रोइड १६ ले नयाँ आईडेन्टिटी चेक सुविधामा बायोमेट्रिक्स समावेश गर्ने

  • Technology Khabar | ८ बैशाख २०८२, सोमबार
एन्ड्रोइड १६ ले नयाँ आईडेन्टिटी चेक सुविधामा बायोमेट्रिक्स समावेश गर्ने

काठमाडौं ।

गत डिसेम्बरमा प्रस्तुत गरिएको नयाँ आईडेन्टिटी चेक सुविधालाई सामसङले एन्ड्रोइड १५ मा आधारित आफ्नो वान यूआई ७ संस्करणमा समावेश गरिसकेको छ भने अन्यले यो सुविधा पाउन एन्ड्रोइड १६ सम्म पर्खनुपर्नेछ।

प्रयोगकर्ताले प्रमुख सेक्युरिटी सेटिङहरू परिवर्तन गर्न वा सेभ गरिएका पासवर्डहरू र अन्य संवेदनशील डाटा एक्सेस (पहुँच) गर्न अघि आईडेन्टिटी चेकमा बायोमेट्रिक्स (जस्तै फिङ्गरप्रिन्ट वा फेसियल स्क्यान) को विशेष रूपमा प्रमाणीकरण आवश्यक पर्ने गर्दछ।

यस सुविधाले पीआईएन (पिन) वा पासवर्ड जस्ता ब्याकअप विकल्पलाई अनुमति नदिने भएकोले यसमा बायोमेट्रिक्स अनिवार्य रहेको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ।

त्यसैगरी डिभाइस चोरी भएपछि चोरहरूलाई खाताहरू परिवर्तन गर्न वा एक्सेस क्रेडेन्सियलल्स (प्रमाणहरूको पहुँच) चोरी गर्नबाट रोक्नु यस सुविधाको उद्देश्य भएको बताइएको छ।

चोरी गर्नेहरूसँग डिभाइसधनीको फिङ्गरप्रिन्ट (औंठाछाप) वा फेसियल स्क्यान नभएको खण्डमा, तिनीहरूले महत्त्वपूर्ण जानकारी प्राप्त गर्न नसक्ने उल्लेख गरिएको छ।

गुगलले फलब्याक विकल्पहरू हटाउन बायोमेट्रिक प्रमाणीकरणले काम गर्ने आधारभूत तरिका परिवर्तन गर्नुपरेको हुनाले आईडेन्टिटी चेक भने प्ले स्टोर मार्फत वा सानो अपडेट मार्फत थप्न नसकिने र यसको लागि पूर्ण एन्ड्रोइड प्रणाली अपडेट आवश्यक पर्ने उल्लेख गरिएको छ।

सामसङले वान यूआई ७ मार्फत यो सुरक्षालाई अनुकूलित र प्रस्तुत गरिसकेको छ भने अन्य निर्माताहरूले एन्ड्रोइड १६ जारी हुँदा यसलाई समावेश गर्ने अपेक्षा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार