सबैलाई टिएमएस मोबाइल एपमा जोड्न माग

  • Technology Khabar | ७ बैशाख २०८२, आईतवार
सबैलाई टिएमएस मोबाइल एपमा जोड्न माग

काठमाडौं ।

पुँजी बजारमा रहेका ६५ लाख लगानीकर्तालाई टिएमएसको मोबाइल एपमा जोइन सरोकारवालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ध्यानाकर्षण गराएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) को टोलीले यस्तो आग्रह गरेको हो।

भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टिएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरे। अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेको जानकारी दिँदै भने, “उनीहरूले बसदेखि टिएमएसको मोबाइल एप नहुँदा समस्या भोग्दै आएका छन्। तसर्थ यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्छ।”

सो अवसरमा नवनियुक्त सिइओ नापागाईले आफू निजी क्षेत्रबाट आएकाले उनीहरूको समस्या राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

“मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छ.” उनले भने, “निकट भविष्यमा तपाईंहरूले देख्ने गरी सुधारका काम अघि बढाउने छु।”

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...