तातोपानी नाकाबाट ७ अर्बको विद्युतीय गाडी भित्रियो

  • Technology Khabar | ७ बैशाख २०८२, आईतवार
तातोपानी नाकाबाट ७ अर्बको विद्युतीय गाडी भित्रियो

काठमाडौं ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएको छ। चीनको खासा हुँदै दुई हजार ७२४ वटा विद्युतीय सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका हुन्। तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सारमा जाँचपासका लागि राखिए‌को छ।

अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन्। भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन्। यो विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व सक्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए।

विगतका वर्षभन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडी आयात भएकाले राज्यलाई राम्रो राजस्व सङ्कलन भएको उनले बताए।

चालु आवमा चीनबाट तातोपानी नाकामा ठूलो विद्युतीय बस एउटा ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा १५ देखि २५ सिट भएका मिनी बस २४ वटा ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका २२९ वटा तीन सय किलोवाटका दुई, तीन सय किलोवाटभन्दा माथिका एक र फोर ह्विलर विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ।

आयातित गाडीमा ओमोडा, दीपल, लिपमोटर, जेना, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडी नाका हुँदै राजधानी पुगेका छन्।

आजको गोरखापत्रबाट

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ बैशाख २०८२, आईतवार