भारतीय आईटी कम्पनी इन्फोसिसले निकाल्यो २४० प्रशिक्षार्थी कर्मचारी

Technology Khabar ७ बैशाख २०८२, आईतवार

काठमाडौं ।

भारतीय आईटी कम्पनी इन्फोसिसले आफ्ना २४० प्रशिक्षार्थी कर्मचारीलाई बाहिरको बाटो देखाएको छ। यी प्रशिक्षार्थी कर्मचारीहरूले आन्तरिक परीक्षा उत्तीर्ण गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गरिएको बताइएको छ। कम्पनीले अप्रिल १८ मा यो कटौतीको बारेमा जानकारी दिएको थियो। यसअघि फेब्रुअरीमा पनि कम्पनीले ३०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको थियो।

इन्फोसिसले २४० जना सुरुवाती स्तरका कर्मचारीहरूलाई जागिरबाट निकालेको छ। इन्फोसिसले आफ्ना प्रशिक्षार्थी कर्मचारीहरूलाई यसबारे इमेल (मार्फत) मार्फत जानकारी गराएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

अप्रिल १८ मा पठाइएको इमेलमा यस्तो लेखिएको थियो, ‘तपाईंको अन्तिम मूल्याङ्कन नतिजाको घोषणा बाहेक, तपाईंलाई यो पनि सूचित गरिएको छ कि तपाईंले अतिरिक्त तयारी समय, डाउट क्लीयरिङ्ग सेशन्स, कयौं मक एसेसमेन्ट र तीन प्रयासहरूको बावजुद ‘जेनेरिक फाउन्डेशन ट्रेनिङ्ग प्रोग्राम’ को लागि योग्यता मापदण्ड पूरा गर्नुभएको छैन। जसका कारण तपाईंले प्रशिक्षार्थी कार्यक्रमको लागि आफ्नो यात्रा जारी राख्न सक्षम हुनुहुने छैन।’

यसका साथै, इन्फोसिस बाहिरका अवसरहरू अन्वेषण गर्ने यात्रामा मद्दत गर्न, कम्पनीले व्यावसायिक आउटप्लेसमेन्ट सेवाहरूको व्यवस्था गर्ने बताएको छ। जसमा थप आईटी तालिम र करियर विकल्पहरू पनि प्रदान गरिने उल्लेख छ।

प्रशिक्षार्थी कर्मचारीहरूले एक महिनाको तलब, आवास, मैसूर प्रशिक्षण केन्द्रबाट बेंगलुरु वा उनीहरूको गृहनगरसम्मको यात्रा भाडा पनि पाउनेछन्।

कर्मचारी कटौती गर्नुको पछाडि कम्पनीको उद्देश्य बजारको अवस्थासँग तालमेल मिलाउनु हो। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा धेरै कम अर्डर प्राप्त भएको छ जसका कारण यसको नाफा ०.३ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया