मीरा मुराटीको स्टार्टअपले कम कामदार र उत्पादन नभए पनि किन २ बिलियन डलर उठाइरहेको छ?

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

यस हप्ता धेरै विदेशी मिडिया आउटलेटहरूले मीरा मुराटीले आफ्नो एआई स्टार्टअप ‘थिंकिङ मेशिन ल्याब’ को लागि लगभग २ बिलियन अमेरिकी डलर उठाइरहेको रिपोर्ट गरेको छन्।

यो कम्पनी केही महिना मात्र पुरानो हो र यसमा मुठीभर कर्मचारीहरू रहेको बताइएको छ। साथै कम्पनीको अझै सम्म केही प्रोडक्टहरू उपलब्ध नभएको उल्लेख गरिएको छ।

त्यसोभए लगानीकर्ताहरूले किन यति धेरै पैसा लगानी गर्नेछन् र यति सानो कम्पनीलाई लगभग १० बिलियन अमेरिकी डलरमा मूल्याङ्कन गर्नेछन् भन्ने प्रश्न खडा भएको उल्लेख गरिएको छ।

यसको लागि, बिजनेस इनसाइडरमा प्रकाशित एक लेखले एउटा रोचक व्याख्या ल्याएको छ भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

यो कम्पनी जेनेरेटिभ एआई र बिग टेकको युगमा भेन्चर क्यापिटलले कसरी काम गर्छ भन्ने कुरामा आधारित रहेको बताइएको छ।

बिजनेस इनसाइडरमा प्रकाशित उक्त लेखका अनुसार, यो मीराको स्टार्टअपको लागि धेरै महँगो विकल्प भएको र जसले शानदार प्रदर्शन गरिरहेको बताइएको छ।

तर यदि त्यसो भएको खण्डमा, १० बिलियन अमेरिकी डलरको मूल्याङ्कन १०० बिलियन अमेरिकी डलर वा १ ट्रिलियन अमेरिकी डलर हुन पुग्नेछ भनि उल्लेख गरिएको छ। मुराटीले पहिले काम गर्ने ओपनएआईको हालै ३०० अर्ब अमेरिकी डलरको मूल्याङ्कन गरिएको थियो भने गुगलको मूल्य लगभग २ ट्रिलियन अमेरिकी डलर भएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया