नेपालको तथ्यांक सम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

नेपालको तथ्यांक सम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

काठमाडौं ।

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १० औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ।

नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको यस संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत बिषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने बताईएको छ।

डाटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ। पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन्।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स २०७२ सालको भूकम्प र कोभिड-१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको उल्लेख छ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ।

‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तकको मूल्य रू. ५०० तोकिएको छ भने निश्चित समयको लागि ३० प्रतिशत छुट पनि उपलब्ध रहेको संस्थाले जनाएको छ।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार