डिजिटल तथा दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फ पाकिस्तानको योजना

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

पाकिस्तानका स्वास्थ्य सेवा, नियमावली तथा समन्वय राज्यमन्त्री मलिक मुख्तार अहमद भारथले देशले प्राथमिक स्वास्थ्य प्रणालीलाई सुधार गर्न विभिन्न कदम चालेको बताएका छन्।

“स्वास्थ्य प्रणालीको डिजिटलीकरणको बारेमा उनले प्राथमिक स्वास्थ्य सेवामा डेटा व्यवस्थापन र टेलिमेडिसिनका लागि डिजिटल प्रविधिहरूको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याए। यसले पाकिस्तानको दिगो स्वास्थ्य प्रणालीको आधार तयार पार्छ।”

उनले सरकारले समान र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको बताए।

“हाम्रो नयाँ स्वास्थ्य र जनसङ्ख्या नीतिका अनुसार हामी सरकारको स्वास्थ्य खर्चलाई सकल घरेलु उत्पादनको एक प्रतिशतबाट ३ प्रतिशतमा बढाउने र प्राथमिक स्वास्थ्य सेवामा सुधार ल्याउने योजना बनाएका छौं,” मन्त्रीले भने।

सरकार पोलियो, क्षयरोग, हेपाटाइटिस सि र अन्य सङ्क्रामक रोगहरूको उन्मूलनका लागि थुप्रै पहलहरू अघि बढाइएको मन्त्रीले बताए।-रासस/सिन्ह्वा

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया