Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
शाओमीले आफ्ना स्मार्टफोनहरू भित्र रहेका सिलिकनलाई थप नियन्त्रण गर्ने दिशामा अर्को कदम चालिरहेको छ। कम्पनीले आफ्नो मोबाइल फोन उत्पादन डिभिजन भित्र एक समर्पित चिप प्लेटफर्म विभाग स्थापना गरेको चीनको नयाँ रिपोर्टले बताएको छ।
क्वालकमका पूर्व वरिष्ठ निर्देशक किन मुयुनले टोलीको नेतृत्व गर्ने र उनले शाओमीका संस्थापक र सीईओ लेई जुनलाई सिधै रिपोर्ट गर्ने उल्लेख गरिएको छ।
शाओमीले सन् २०१७ मा आफ्नो इन–हाउस पेङपाई एस१ एसओसी मार्फत चिप डिजाइन उद्यमको सुरुवात गरेको थियो। यो २८एनएम प्रक्रियामा आधारित ८–कोर ६४–बिट प्रोसेसर थियो। चिपले शाओमी ५सीमार्पmत आफ्नो डेब्यू गरेको थियो भने, फोनले लय प्राप्त गर्न असफल भएको हुनाले एस१ लाइन चुपचाप स्पटलाइटबाट गायब हुन पुगेको थियो।
प्रारम्भिक असफलताका बाबजुद, शाओमीले साना, विशेष चिपहरूको आफ्नो यात्रा जारी राखेको छ। विगत केही वर्षहरूमा, कम्पनीले फोनका विभिन्न पक्षहरूलाई पूरा गर्ने धेरै स्व–विकसित कम्पोनेन्टहरू रोल आउट गरेको छ।
उदाहरणका लागि, यसको पेङपाई सी सिरिज इमेजिङको लागि, पी सिरिज फास्ट चार्जिङको लागि, जी सिरिज पावर व्यवस्थापनको लागि, टी सिरिज सिग्नल इन्हान्समेन्टको लागि र डी सिरिज डिस्प्ले कन्ट्रोलको लागि डिजाइन गरिएको छ।
यी चिपहरूले कोर प्रोसेसरहरूलाई प्रतिस्थापन नगरे पनि शाओमीलाई बिस्तारै हार्डवेयर स्ट्याकमा विशेषज्ञता निर्माण गर्न मद्दत गरेका छन्। अब कम्पनीले आफ्नो फुल–स्ट्याक स्मार्टफोन एसओसी निर्माण गर्ने आत्मविश्वास बटुलेको जस्तो देखिएको उल्लेख गरिएको छ।
शाओमीको पहिलो मोबाइल प्रोसेसर (लगभग) फ्ल्यागशिप हुनेछः
शाओमीको पहिलो इन–हाउस स्मार्टफोन प्रोसेसरले के ल्याउन सक्छ भन्ने बारेमा यस महिनाको सुरुमा आएको रिपोर्टले खुलासा गरेको छ।
चिपले एआरएम कोरहरू प्रयोग गर्ने अक्टा–कोर सीपीयू कन्फिगरेसन प्रयोग गर्ने अपेक्षा गरिएको छ। यसमा ३.२ गीगाहर्जमा एउटा कोर्टेक्स एक्स९२५ कोर, २.६ गीगाहर्जमा तीन कोर्टेक्स ए७२५ कोर र २.० गीगाहर्जमा चार कोर्टेक्स ए५२० कोर समावेश रहेका छन्।
प्राइम कोर मिडियाटेकले यसको पछिल्लो डाइमेन्सिटी ९४०० मा प्रयोग गरेको उही प्राइम कोर भएको बताइएको छ भने हाई–पर्फमेन्स र इफिसियन्सी कोरहरू एक पुस्ता अघिको भएको उल्लेख गरिएको छ।
त्यसैले शाओमीको कन्फिगरेसनले नवीनतम फ्ल्यागशिप प्रोसेसरहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसक्ने पनि यसले सब–फ्ल्यागशिप फोनको लागि ठोस प्रदर्शन प्रदान गर्न सक्ने उल्लेख गरिएको छ।
जीपीयू पक्ष भने बढी प्रतिस्पर्धी हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ। उक्त चिपमा १.३ गीगाहर्ज मा इम्याजिनेशन टेक्नोलोजीज आईएमजी डीएक्सटी७२ जीपीयू एकीकृत गरिएको बताइएको छ जुन प्रारम्भिक अनुमान अनुसार क्वालकमको स्न्यापड्रागन ८ जेन २ मा रहेको एड्रेनो ७४० भन्दा राम्रो प्रदर्शन गर्न सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार