म्यूजिक स्ट्रिमिङ्ग प्लेटफर्म स्पोटीफाई विश्वभर डाउन

Technology Khabar ३ बैशाख २०८२, बुधबार

काठमाडौं ।

म्यूजिक स्ट्रिमिङ्ग सेवा स्पोटीफाई डाउन भएको छ। विश्वभरका सेवाग्राहीहरुले स्पोटीफाई चलाउन नसकेको र समस्या भोगेको गुनासो गरेका छन्।

वेबसाइट तथा प्लेटफर्महरु डाउन भएको जानकारी ट्र्याक गर्ने डाउनडिटेक्टरकाअनुसार करिब पौने ६ बजेदेखि प्लेटफर्ममा समस्या देखिएको हो।

हाल उक्त समस्यामध्ये ५८ प्रतिशतले एपमा समस्या भोगेको बताएका छन् भने २५ प्रतिशतले अडियो स्ट्रिम गर्न नगरेको उल्लेख गरेका छन्। बाँकीले वेबसाइटमा समस्या भोगेका हुन्।

स्पोटीफाईले समेत समस्याको बारेमा सचेत भएको र जाँच गरिहरेको बताएको छ। “हामी अहिले केही समस्याहरू बारे सचेत छौं र तिनीहरूलाई जाँच गर्दैछौं!” (अनुवादित) स्पोटीफाईले एक्स पोस्टमा भनेको छ।

https://x.com/SpotifyStatus/status/1912487507616313838

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया