Technology Khabar ३ बैशाख २०८२, बुधबार
काठमाडौं ।
एसर ब्राण्ड अन्ततः स्मार्टफोनको दुनियाँमा फर्किएको छ। एसर–ब्रान्डेड फोनहरू डिजाइन, निर्माण र वितरण गर्न इजाजतपत्र प्राप्त गरेको भारतमा आधारित इण्डकल टेक्नोलोजीजले भारतमा प्रतिस्पर्धी स्पेसिफिकेशन र आक्रामक मूल्य निर्धारणका साथ एसरको दुइ मोडेलहरू ‘सुपर जेडएक्स’ र ‘सुपर जेडएक्स प्रो’ प्रस्तुत गरेको छ।
एसर सुपर जेडएक्सको स्पेसिफिकेशनहरूः
एसर सुपर जेडएक्समा ६.७ इन्चको एलसीडी प्यानल छ जसले एफचडी+ रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट र ८०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्दछ। यो डिभाइसमा डाइमेन्सिटी ६३०० चिपसेट, ८जीबी सम्मको र्याम, २५६जीबी सम्मको स्टोरेजका साथै ३३वाट फास्ट चार्जिङ सपोर्ट भएको ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ।
एसर सुपर जेडएक्सको अगाडि १३ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ भने यसमा ६४ मेगापिक्सेल, २–मेगापिक्सेलको (म्याक्रो) र २–मेगापिक्सेलको (डेप्थ) गरी ट्रिपल क्यामरा युनिट समावेश गरिएको छ। यो सँगै यसले डिभाइसलाई ६४–मेगापिक्सेल क्यामरा प्रदान गर्ने सेगमेन्टको पहिलो फोन बनाएको र त्यो फ्ल्यागशिप–ग्रेड सोनी आईएमएक्स६८२ क्यामरा सेन्सर भएको बताइएको छ। फोनले अगाडि र पछाडि (प्राथमिक) क्यामराहरू मार्फत २के भिडियो रेकर्डिङ पनि समर्थन गर्ने उल्लेख गरिएको छ।
यो डिभाइसमा साइड–फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर, डुअल स्पिकरहरू,ङ्ग र आईपी५० रेटिङ जस्ता अन्य सुविधाहरू समावेश गरिएको उल्लेख छ। एसर सुपर जेडएक्सको मोटाई ८.६ एमएम छ र तौल २०० ग्राम रहेको छ।
एसर सुपर जेडएक्स प्रोको स्पेसिफिकेशनहरूः
एसर सुपर जेडएक्स प्रो एक प्रिमियम फोन भएको बताइएको छ जसले १,००० निट्सको पीक ब्राइटनेस (अधिकतम चमक) सहितको ६.६७ इन्चको एएमओएलईडी एफचडी+ १२०हर्ज स्क्रिन समावेश गरेको छ। यो डिभाइस डाइमेन्सिटी ७४०० चिपसेट, १२ जीबी र्याम, ५१२ जीबी सम्मको स्टोरेज र ३३ वाट फास्ट चार्जिङको साथ ५,००० एमएएच ब्याट्रीले सुसज्जित रहेको छ।
सुपर जेडएक्स प्रोमा प्रभावशाली ५०–मेगापिक्सेलको ओम्नीभिजन ओभी५०डी फ्रन्ट–फेसिङ क्यामरा रहेको छ। डिभाइसको पछाडि, फ्ल्यागशिप–ग्रेड सोनी आईएमएक्स८८२ ५०–मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ जुन ५–मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र २–मेगापिक्सेलको म्याक्रो क्यामरासँग जोडिएको छ।
सुपर जेडएक्स प्रोले अन्य सुविधाहरूमा इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर, डल्बी एटमसको साथ डुअल स्पिकरहरू र वाई–फाई ६ जस्ता सुविधाहरू प्रदान गर्दछ। फोनले ग्लास ब्याकको साथ आईपी६४–रेटेड बडी प्रदान गर्दछ भने डिभाइसको १८२ ग्राम तौल रहेको छ।
एसर सुपर जेडएक्स र सुपर जेडएक्स प्रो मूल्य निर्धारणः
एसर सुपर जेडएक्सको मूल्य ७,९९० भारतीय रुपैयाँबाट सुरु हुन्छ र ४जीबी+६४जीबी, ४जीबी+१२८जीबी, ६जीबी+१२८जीबी, ८जीबी+१२८जीबी, र ८जीबी+२५६जीबी जस्ता धेरै भेरियन्टहरूमा उपलब्ध हुनेछ।
अर्कोतर्फ, सुपर जेडएक्स प्रो ६जीबी+१२८जीबी, ८जीबी+१२८जीबी, ८जीबी+२५६जीबी, ८जीबी+५१२जीबी र १२जीबी+५१२जीबी जस्ता कन्फिगरेसनमा आउने उललेख गरिएको छ। यसको सुरुवाती मूल्य १७,९९० भारतीय रुपैयाँ रहेको छ। सुपर जेडएक्स सिरिज अप्रिल २५ देखि भारतमा अमेजन मार्फत खरिदका लागि उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ बैशाख २०८२, बुधबार