Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक सेमिकन्डक्टरहरूलाई लक्षित गर्दै अमेरिकी आयातमा थप व्यापक शुल्क लगाउने अपेक्षा गरिएको छ।
अरबौं इलेक्ट्रोनिक डिभाइसहरू चलाउने/शक्ति दिने साना चिपहरू विश्व अर्थतन्त्रको केन्द्रबिन्दु हुनुका साथै धेरै महत्त्वपूर्ण भएको बताइएको छ।
सेमिकन्डक्टर के हो र तिनीहरू कसरी प्रयोग गरिन्छ?
सेमिकन्डक्टरहरूलाई कहिलेकाहीं माइक्रोचिप्स वा इन्टिग्रेटेड सर्किट्स पनि भनिन्छ र सिलिकन जस्ता कच्चा पदार्थका साना टुक्राहरूबाट बनाइन्छ।
तिनीहरूलाई कहिलेकाहीं बिजुली सञ्चालन गर्न र कहिलेकाहीं नगर्नका लागि डोपिङ भनिने प्रक्रिया मार्फत परिवर्तन गरिन्छ। यसले तिनीहरूलाई इलेक्ट्रोनिक स्विचको रूपमा प्रयोग गर्न अनुमति दिन्छ, जसले कम्प्युटिङलाई आधार बनाउँदै ० र १ को बाइनरी भाषा बोल्ने/प्रयोग गर्ने गर्दछ।
सेमिकन्डक्टरहरू स्मार्टफोन र ल्यापटप जस्ता डिभाइसहरूका साथै इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम्स, रिमोट कार कीजहरू र सेन्सरहरू भएका सवारी साधनहरूमा प्रयोग गरिन्छ।
यस बाहेक, तिनीहरू इन्टरनेटको मेरुदण्डको रुपमा विश्वव्यापी जडानलाई सक्षम बनाउँदै राउटरहरू, स्विचहरू, र सञ्चार पूर्वाधारहरूमा पनि हुन्छन्।
दिगोपनको सन्दर्भमा, तिनीहरू विण्ड टर्बाइन र सौर्य फार्महरूमा फेला पार्न सकिने बताइएको छ।
स्वास्थ्य सेवामा, तिनीहरू चिकित्सा उपकरणहरू र इक्विपमेन्टहरूका साथै पेसमेकर र इन्सुलिन पम्पहरू जस्ता प्रत्यारोपणयोग्य प्रविधिमा पनि हुने गर्दछन्।
सेमिकन्डक्टरहरू कसले बनाउँछ?
बेलायत, अमेरिका, युरोप र चीन सेमिकन्डक्टरहरूको लागि ताइवानमा धेरै निर्भर छन्।
ताइवानको ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले विश्वको आधा भन्दा बढी आपूर्ति प्रदान गर्दछ।
यसका ग्राहकहरूमा एनभिडिया, एप्पल र माइक्रोसफ्ट जस्ता टेक जायण्टहरू रहेका छन्।
फलस्वरूप, टीएसएमसी अमेरिका र चीन बीचको तथाकथित “चिप युद्ध” मा फसेको छ।
त्यसैगरी दक्षिण कोरियामा सामसङ अर्को सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।
ट्रम्प सेमिकन्डक्टरहरूमा किन कर लगाउन चाहन्छन्?
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा लागू गरेको “रेसिप्रोकल ट्रिफ्स (पारस्परिक कर) को मुख्य उद्देश्य भनेको फर्महरूलाई अमेरिकामा थप प्रोडक्टहरू उत्पादन गर्न प्रोत्साहित गर्नु हो।
शुक्रबार, ह्वाइट हाउसले स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक डिभाइसहरूलाई करबाट छुट दियो, जसमा चिनियाँ आयातमा लगाइएको १२५ प्रतिशत कर पनि समावेश छ।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई उनले चाँडै आयातित सेमीकन्डक्टरहरूको लागि कर दरहरू घोषणा गर्ने बताइएको हुनाले त्यो परिवर्तन हुन सक्ने उल्लखे गरिएको छ।
“हामी हाम्रा चिप्स र असेमिकन्डक्टरहरू र अन्य चीजहरू हाम्रो देशमा बनाउन चाहन्छौं” उनले भने।
राष्ट्रपति र उनको प्रशासनका सदस्यहरूले अन्यत्रबाट उत्पादन वा स्रोत गरिएको माइक्रोचिपहरूको बारेमा राष्ट्रिय सुरक्षा चिन्ताहरू पनि उद्धृत गरेका र यसको बारेमा आगामी अनुसन्धानमा अन्वेषण गरिने बताएका छन्।
“हामी आगामी नेसनल सेक्युरिटी ट्यारिफ इन्भेस्टिगेसन्स (राष्ट्रिय सुरक्षा शुल्क अनुसन्धान) मा सेमिकन्डक्टरहरू र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलालाई हेर्न गइरहेका छौं” ट्रम्पले अप्रिल १३ तारिखमा आफ्नो प्लेटफर्म ट्रुथ सोशलमा लेखे।
अमेरिका चीन जस्ता अन्य देशहरूद्वारा “बन्धक” हुनेछैन भनि उनले थप उल्लेख गरेको बताइएको छ।
अमेरिकाले कसरी धेरै सेमिकन्डक्टरहरू बनाउन सक्छ?
अमेरिकाले हालैका वर्षहरूमा आफ्नो लागि प्रविधि उत्पादन बढाउन प्रयास गर्न ठूलो रकम खर्च गरेको छ।
टीएसएमसी जस्ता केही कम्पनीहरूले अघिल्लो प्रशासन अन्तर्गतको अघिल्लो कानूनको प्रतिक्रियामा पहिले नै आफ्नो अमेरिकी उपस्थिति बढाइसकेका छन्।
यूएस चिप्स एक्टले फर्महरूलाई कोष पुरस्कारको बदलामा अमेरिकामा चिप्स उत्पादन सार्न प्रोत्साहित गरेको उल्लेख छ।
अमेरिकी सरकारले एरिजोनामा कारखाना निर्माण गरेपछि टीएसएमसीलाई ६.६ बिलियन अमेरिकी डलर (५ बिलियन पाउण्ड स्टर्लिङ) पुरस्कार दिने प्रतिबद्धता जनाएको थियो।
तर यस अघि, दक्ष कामदारहरूको अभावका कारण साइटको उत्पादनमा ढिलाइ भएको बताइएको छ जुन कुराले अमेरिकामा आधारित सेमिकन्डक्टर उत्पादन बढाउनको लागि व्यापक चुनौती प्रस्तुत गर्न सक्ने उल्लेख गरिएको छ।
टीएसएमसीले ताइवानबाट हजारौं कामदारहरू ल्याएर आफ्नो कर्मचारी अभाव समाधान गरेको बीबीसीले उल्लखे गरेको छ।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार